सङ्खुवासभा गोल्डकपः लोहरुङ र सेकाहा सेमिफाइनलमा « Khabarhub

सङ्खुवासभा गोल्डकपः लोहरुङ र सेकाहा सेमिफाइनलमा


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाका लोहरुङ क्लब पाङ्मा र सेकाहा सामुदायिक क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आज सम्पन्न खेलमा लोहरुङले सिरहाको सलहेश युवा क्लबलाई ‘सडन डेथ’ मा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो भने सेकाहाले झापा–११ लाई २–० गोलले हराएको छ ।

खाँदबारी नगरपालिका–३ मानेभञ्याङस्थित महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा लोहरुङ र सलहेशबीचको निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि भएको टाइब्रेकरमा दुवै टोलीले चार–चार गोल गरेपछि खेलको निर्णय सडन डेथबाट लिइएको थियो । सडन डेथमा लोहरुङले ६–५ गोलले जित निकालेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा सलहेशले सुरुआती अग्रता बनाएको थियो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि सडन डेथमा बाजी मार्दै लोहरुङले सेमिफाइनलको यात्रा तय गरेको हो ।

आजै भएको अर्को खेलमा सङ्खुवासभाकै सेकाहा सामुदायिक क्लबले झापा–११ लाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सेकाहाका लागि मिलन लिम्बूले खेलको ५५औँ र ६३औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीको जित सुनिश्चित गर्नुभयो । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको सेकाहाले झापा–११ लाई गोल गर्ने अवसर नदिई महत्त्वपूर्ण जित निकालेको हो ।

यही कात्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक जिल्लामान राईले बताए ।प्रतियोगिताको विजेता टोलीले नगद रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्तालाई जनही रु सात हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरी रु पाँच हजार प्रदान गरिनेछ भने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले रु १० हजार प्राप्त गर्नेछन् ।एडभान्स क्लब मानेभञ्याङको आयोजनामा सोमबारदेखि महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ९ : २९ बजे

वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की बर्लिनमा

बर्लिन – रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तरराष्ट्रिय समर्थन

सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा कृषि, पशुपन्छी तथा जडीबुटी बिमा कार्यक्रमलाई

सङ्खुवासभा गोल्डकपः लोहरुङ र सेकाहा सेमिफाइनलमा

सङ्खुवासभा – सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाका लोहरुङ क्लब

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास

झापा – तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट

पटाकाजन्य विस्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ

काठमाडौं – तिहारमा भाइ मसला बनाउन प्रयोग गर्ने म्याद गुज्रिएका