श्रमिकको हकलाई पूर्ण रूपमा कार्यान्वयन गराउने प्रधानमन्त्री देउवाको प्रतिबद्धता « Khabarhub

श्रमिकको हकलाई पूर्ण रूपमा कार्यान्वयन गराउने प्रधानमन्त्री देउवाको प्रतिबद्धता


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले श्रमिकको हकलाई पूर्ण रूपमा कार्यान्वयन गराउने प्रतिबद्धता जनाएका छन्।

आइतबार काठमाडौँमा नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै संविधान तथा प्रचलित कानुनमा श्रमिकको हकलाई पूर्ण रूपमा कार्यान्वयन गराउने कुरामा सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

उनले श्रमिकको हकलाई मौलिक हकको रूपमा स्थापित गर्दै प्रत्येक मजदुरलाई उचित श्रम अभ्यास र उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको प्रत्याभूति संविधानले गरेको धारणा राखे।

प्रधानमन्त्री देउवाले अहिलेको अवस्थामा कोभिड नियन्त्रणमा आएपनि रुस युक्रेन द्वन्द्वका कारण विश्व अर्थतन्त्र विभिन्न चुनौतीबाट गुज्रिरहेको र यसको प्रभाव सबै क्षेत्रमा देखिएको उल्लेख गरे। ट्रेड युनियनले राखेका मागहरू सकारात्मक रहेको र बजेटमा समावेश नभएका विषयलाई सम्बोधन गर्ने उनले बताए।

त्यस्तै प्रधानमन्त्री देउवाले वैदेशिक रोजगारीमा गएका नागरिकलाई सामाजिक सुरक्षा कोषबाट सञ्चालित सामाजिक सुरक्षा योजनाहरूलाई क्रमशः आबद्ध गर्दै लैजाने बताए।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ४ : १४ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी