श्रमिकको हकलाई पूर्ण रूपमा कार्यान्वयन गराउने प्रधानमन्त्री देउवाको प्रतिबद्धता « Khabarhub

श्रमिकको हकलाई पूर्ण रूपमा कार्यान्वयन गराउने प्रधानमन्त्री देउवाको प्रतिबद्धता


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले श्रमिकको हकलाई पूर्ण रूपमा कार्यान्वयन गराउने प्रतिबद्धता जनाएका छन्।

आइतबार काठमाडौँमा नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै संविधान तथा प्रचलित कानुनमा श्रमिकको हकलाई पूर्ण रूपमा कार्यान्वयन गराउने कुरामा सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

उनले श्रमिकको हकलाई मौलिक हकको रूपमा स्थापित गर्दै प्रत्येक मजदुरलाई उचित श्रम अभ्यास र उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको प्रत्याभूति संविधानले गरेको धारणा राखे।

प्रधानमन्त्री देउवाले अहिलेको अवस्थामा कोभिड नियन्त्रणमा आएपनि रुस युक्रेन द्वन्द्वका कारण विश्व अर्थतन्त्र विभिन्न चुनौतीबाट गुज्रिरहेको र यसको प्रभाव सबै क्षेत्रमा देखिएको उल्लेख गरे। ट्रेड युनियनले राखेका मागहरू सकारात्मक रहेको र बजेटमा समावेश नभएका विषयलाई सम्बोधन गर्ने उनले बताए।

त्यस्तै प्रधानमन्त्री देउवाले वैदेशिक रोजगारीमा गएका नागरिकलाई सामाजिक सुरक्षा कोषबाट सञ्चालित सामाजिक सुरक्षा योजनाहरूलाई क्रमशः आबद्ध गर्दै लैजाने बताए।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ४ : १४ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड