मन्त्रीहरूलाई गंगा चौधरीले भनिन्-तपाइँहरूलाई कुर्सीमा बस्ने अधिकार छैन  « Khabarhub

मन्त्रीहरूलाई गंगा चौधरीले भनिन्-तपाइँहरूलाई कुर्सीमा बस्ने अधिकार छैन 


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सांसद गंगा चौधरीले जनताको संरक्षण गर्न नससकेको भन्दै मन्त्रीहरुलाई कुर्सीमा बस्ने अधिकार नरहेको बताएकी छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा उनले थारू समुदायको संरक्षण र संविधान प्रदत्त अधिकारसमेत दिएको आरोप लगाउँदै मन्त्रीहरूलाई मन्त्रीको कुर्सीमा बस्ने अधिकार नै नरहेको बताइन् । राजनीति सिद्धान्त, दायित्व र मौलिक हकबारे संविधानमा हेर्न आग्रह गर्दै उनले विभागीय मन्त्रीहरूलाई जिम्मेवारीको कुर्सीमा बस्ने अधिकार र हैसियत नै नभएको बताइन् ।

‘विभागीय मन्त्रीज्यूहरू, तपाइँहरू के गरेर कुर्सीमा बस्नुभएको छ । जनताको संरक्षण गर्न सक्नुहुन्न भने तपाइँहरूको कुर्सीमा बस्ने हक अधिकार र हैसियत पनि छैन,’ उनले भनिन् । थारू समुदाय नेपाली नागरिक होइन र भन्दै प्रश्न गर्दै उनले थारूमाथि नै राज्यबाट अन्याय भएको बताइन् ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ४ : २२ बजे

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने