मुख्य प्रशिक्षक अल्मुताइरी अस्पतालबाट डिस्चार्ज | Khabarhub Khabarhub

मुख्य प्रशिक्षक अल्मुताइरी अस्पतालबाट डिस्चार्ज


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुवेत सिटी- टेक्निकल एरियामा अचेत भई ढलेका नेपाली फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्ज भएका छन् ।

शनिबार राति नै अस्पतालले डिस्चार्ज गरेपछि उनी आफ्नो घर पुगेका थिए । अस्पतालले सुरुमा एक दिन अस्पतालमै बस्नुपर्ने बताए पनि राति नै डिस्चार्ज गरेको हो । यसपछि उनी आफ्नो घर पुगेका थिए । अब भने उनी टिम रहेको होटेल फर्कने छन् ।

शनिबार कुवेतविरुद्ध नेपाल खेल्दै गर्दा ४८ मिनेटमा अब्दुल्लाह टेक्निकल एरियामा ढलेका थिए । पछिल्लो समय अब्दुल्लाहमा मुटुको समस्या देखिएको छ । प्रतियोगितापछि अब्दुल्लाह गृहनगर कुवेतमै रहेर उपचार गर्ने तयारीमा थिए ।

एएफसी एसिया कप २०२३ छनोटको लागि यतिबेला कुवेतमा रहेको नेपाली टिमले लगातार दोस्रो खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । अन्तिम खेलमा नेपालले ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ४ : ४८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’