कुवेत सिटी- टेक्निकल एरियामा अचेत भई ढलेका नेपाली फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्ज भएका छन् ।
शनिबार राति नै अस्पतालले डिस्चार्ज गरेपछि उनी आफ्नो घर पुगेका थिए । अस्पतालले सुरुमा एक दिन अस्पतालमै बस्नुपर्ने बताए पनि राति नै डिस्चार्ज गरेको हो । यसपछि उनी आफ्नो घर पुगेका थिए । अब भने उनी टिम रहेको होटेल फर्कने छन् ।
शनिबार कुवेतविरुद्ध नेपाल खेल्दै गर्दा ४८ मिनेटमा अब्दुल्लाह टेक्निकल एरियामा ढलेका थिए । पछिल्लो समय अब्दुल्लाहमा मुटुको समस्या देखिएको छ । प्रतियोगितापछि अब्दुल्लाह गृहनगर कुवेतमै रहेर उपचार गर्ने तयारीमा थिए ।
एएफसी एसिया कप २०२३ छनोटको लागि यतिबेला कुवेतमा रहेको नेपाली टिमले लगातार दोस्रो खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । अन्तिम खेलमा नेपालले ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।