युक्रेनमा पश्चिमा मुलुकबाट आपूर्ति गरिएका हतियार भण्डार ध्वस्त पारेको रुसको दाबी | Khabarhub Khabarhub

युक्रेनमा पश्चिमा मुलुकबाट आपूर्ति गरिएका हतियार भण्डार ध्वस्त पारेको रुसको दाबी


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका र युरोपेली मुलुकबाट युक्रेनमा आपूर्ति गरिएका हतियारको ठूलो भण्डारण ध्वस्त पारिएको रुसी सेनाले जनाएको छ । रुसी समाचार संस्था इन्टरफ्याक्सले रुसी रक्षा अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार रुसले प्रहार गरेको क्रुज क्षेप्यास्त्रबाट युक्रेनी हतियार भण्डारण ध्वस्त भएको हो ।

रुसी फौजले युक्रेनको टेर्नोपिल क्षेत्रमा क्रुज क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ । टेर्नोपिल क्षेत्रका गभर्नरले आफ्नो क्षेत्रस्थित चोर्तकिभ सहरमा रुसी फौजले कृष्ण सगरबाट क्रुज क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

गभर्नर भोलोदिमिर ट्रुृसले जनाएअनुसार रुसी आक्रमणमा सैनिक पूर्वाधारमा आंशिक क्षति पुगेको जनाएका छन् ।

आक्रमणका क्रममा २२ जना घाइते भएको ट्रुसलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । एकजना स्थानीय अधिकारीले रोयटर्सलाई बताएअनुसार सो क्षेत्रमा कुनै हतियार भण्डारण गरिएको भने थिएन ।

रुसी समाचार संस्था इन्टरफ्याक्सले कलिबर क्रुुज क्षेप्यास्त्र प्रहार गरी हतियार राखिएको ठूलो भण्डारण ध्वस्त पारिएको दाबी गरेको हो ।

पछिल्लो समय पूर्वी युक्रेनको सेभेरोडोनेत्स्क सहरमा रुसी तथा युक्रेनी फौजबीच संघर्ष चर्किरहेका बेला रुसले युक्रेनमा पश्चिमा मुलुकबाट आपूर्ति गरिएका हतियारको भण्डारण ध्वस्त पारेको दाबी गरेको हो ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ४ : ५१ बजे

झलनाथ खनालले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री केपी

बाढीपहिरो प्रभावित जिल्ला/पालिकालाई गृहमन्त्रीको आग्रह- लाभग्राही पहिचान गरि पठाउनू

काठमाडौं– गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान लगायत प्रभावित

युक्रेनको अर्को गाउँ कब्जा गरेको रूसको दाबी

एजेन्सी– रूसी सेनाले पूर्वी युक्रेनको कुराखोभ सहर नजिकैको अर्को गाउँ

हुम्लामा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

सिमकोट– हुम्लाको  ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई

दशैंको आगमनसँगै न्युरोडमा सवारी चाप (तस्बिरहरु)

काठमाडौं– दशैंको आगमनसँगै राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोड, इन्द्रचोक क्षेत्रमा