युक्रेनमा पश्चिमा मुलुकबाट आपूर्ति गरिएका हतियार भण्डार ध्वस्त पारेको रुसको दाबी « Khabarhub

युक्रेनमा पश्चिमा मुलुकबाट आपूर्ति गरिएका हतियार भण्डार ध्वस्त पारेको रुसको दाबी


२९ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका र युरोपेली मुलुकबाट युक्रेनमा आपूर्ति गरिएका हतियारको ठूलो भण्डारण ध्वस्त पारिएको रुसी सेनाले जनाएको छ । रुसी समाचार संस्था इन्टरफ्याक्सले रुसी रक्षा अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार रुसले प्रहार गरेको क्रुज क्षेप्यास्त्रबाट युक्रेनी हतियार भण्डारण ध्वस्त भएको हो ।

रुसी फौजले युक्रेनको टेर्नोपिल क्षेत्रमा क्रुज क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ । टेर्नोपिल क्षेत्रका गभर्नरले आफ्नो क्षेत्रस्थित चोर्तकिभ सहरमा रुसी फौजले कृष्ण सगरबाट क्रुज क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

गभर्नर भोलोदिमिर ट्रुृसले जनाएअनुसार रुसी आक्रमणमा सैनिक पूर्वाधारमा आंशिक क्षति पुगेको जनाएका छन् ।

आक्रमणका क्रममा २२ जना घाइते भएको ट्रुसलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । एकजना स्थानीय अधिकारीले रोयटर्सलाई बताएअनुसार सो क्षेत्रमा कुनै हतियार भण्डारण गरिएको भने थिएन ।

रुसी समाचार संस्था इन्टरफ्याक्सले कलिबर क्रुुज क्षेप्यास्त्र प्रहार गरी हतियार राखिएको ठूलो भण्डारण ध्वस्त पारिएको दाबी गरेको हो ।

पछिल्लो समय पूर्वी युक्रेनको सेभेरोडोनेत्स्क सहरमा रुसी तथा युक्रेनी फौजबीच संघर्ष चर्किरहेका बेला रुसले युक्रेनमा पश्चिमा मुलुकबाट आपूर्ति गरिएका हतियारको भण्डारण ध्वस्त पारेको दाबी गरेको हो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ४ : ५१ बजे

गौसंरक्षणमा गाईको पूजा (तस्बिरहरू)

तनहुँ– सर्वसाधारणको आउजाउ बाक्लो छ । आउनेहरु सुरुमा गाईको पुजा गर्छन्

एनपीएलमा युवराज सम्राको शतक, पोखरा एभेन्जर्स बलियो स्थितिमा

काठमाडौं– पोखरा एभेन्जर्सका ब्याटर युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग

आप्रवासी नीतिमा ट्रम्पको आत्मसमीक्षा : कठोरता बढी भएको स्वीकार

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीविरुद्ध आफ्नो प्रशासनले

एनपीएलमा युवराज सम्राको २३ बलमै अर्धशतक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को जारी सिजनमा पोखरा एभेन्जर्सका

जलवायु संकट र भूराजनीतिक तनावबीच कोप–३१ सम्मेलन टर्कीमा सुरु

एजेन्सी– विश्वव्यापी तापक्रम वृद्धि, आर्थिक चुनौती र भूराजनीतिक तनावबीच संयुक्त राष्ट्रसङ्घीय