सोनिया गान्धी अस्पताल भर्ना « Khabarhub

सोनिया गान्धी अस्पताल भर्ना


२९ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोभिडसम्बन्धी समस्याका कारण भारतीय कांग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना भएकी छिन् । उनको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा रहेको पार्टीले जनाएको छ ।

७५ वर्षे कांग्रेस अध्यक्षलाई केही दिनसम्म अस्पतालमै राखिने भारतीय अखबार द हिन्दूको अनलाइन संस्करणले जनाएको छ ।

‘कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिडसम्बन्धी समस्याको कारण आइतबार गंगाराम अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था स्थिर छ । निरीक्षणको लागि अस्पतालमा राखिनेछ’, पार्टी प्रवक्ता रणदीप सुर्जेवलाले ट्विट गर्दै जानकारी दिएका छन् ।

सोनियालाई केही दिनअघि कोभिड पोजेटिभ देखिएको थियो । कोभिड संक्रमण देखिएपछि उनी आफ्नै निवासमा आइसोलेसनमा रहेकी थिइन् । उनी चिकित्सकको निरन्तर निगरानीमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ५ : २१ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४