मारिउपोलमा हैजाको प्रकोप उत्पन्न हुनसक्ने बेलायतको चेतवानी | Khabarhub Khabarhub

मारिउपोलमा हैजाको प्रकोप उत्पन्न हुनसक्ने बेलायतको चेतवानी


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी फौजले नियन्त्रणमा लिएको युक्रेनको मारिउपोल सहरमा हैजाको प्रकोप देखिनसक्ने बेलायती रक्षा मन्त्रालयले चेतावनी दिएको छ ।

रुसी सेनाको आक्रमणका कारण भग्नावशेषमा परिणत भएको मारिउपोलमा स्वच्छ खानेकुराको अभाव रहेको र खानेपानीको स्रोतमा पनि क्षति पुगेका कारण हैजा र अरु सरुवा रोगको प्रकोप देखिनसक्ने बेलायती रक्षा मन्त्रालयले चेतावनी दिएको हो ।

हैजा प्रायः दूषित खानेकुरा र पानीको सेवनबाट फैलने बताइएको छ । सहरमा अलपत्र रहेका नागरिक एवम् सैनिकको शवका कारण पनि फोहोर एवम् दुर्गन्ध फैलिएको र यसबाट पनि रोग उत्पन्न हुने चिन्ता रहेको जनाइएको छ ।

सहरको सरसफाइको अवस्था पनि कमजोर रहेको र फोहोर एवम् मृतकका शव सहरमा अलपत्र छाडिएको बताइन्छ । उक्त सहर गत मे महिनामा तीन महिनाको संघर्षपछि रुसी फौजको नियन्त्रणमा पुगेको थियो ।

यसअघि पनि सहरमा रोगहरुको प्रकोप देखिएको बीबीसीले जनाएको छ । गत महिनामात्र त्यहाँ हैजाका बिरामी देखिएको जनाइएको छ । सहरका युक्रेनी मेयर भादिम बोइचेन्कोका अनुसार सहरमा हैजा, झाडापखाला र अन्य संक्रमक रोगहरु देखा पर्दै गएका छन् ।

रोग नियन्त्रण गर्न एवम् अन्यत्र नफैलियोस् भन्नाका लागि सहरमा आवागमन ठप्प पारिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ६ : ०३ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ