मारिउपोलमा हैजाको प्रकोप उत्पन्न हुनसक्ने बेलायतको चेतवानी « Khabarhub

मारिउपोलमा हैजाको प्रकोप उत्पन्न हुनसक्ने बेलायतको चेतवानी


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी फौजले नियन्त्रणमा लिएको युक्रेनको मारिउपोल सहरमा हैजाको प्रकोप देखिनसक्ने बेलायती रक्षा मन्त्रालयले चेतावनी दिएको छ ।

रुसी सेनाको आक्रमणका कारण भग्नावशेषमा परिणत भएको मारिउपोलमा स्वच्छ खानेकुराको अभाव रहेको र खानेपानीको स्रोतमा पनि क्षति पुगेका कारण हैजा र अरु सरुवा रोगको प्रकोप देखिनसक्ने बेलायती रक्षा मन्त्रालयले चेतावनी दिएको हो ।

हैजा प्रायः दूषित खानेकुरा र पानीको सेवनबाट फैलने बताइएको छ । सहरमा अलपत्र रहेका नागरिक एवम् सैनिकको शवका कारण पनि फोहोर एवम् दुर्गन्ध फैलिएको र यसबाट पनि रोग उत्पन्न हुने चिन्ता रहेको जनाइएको छ ।

सहरको सरसफाइको अवस्था पनि कमजोर रहेको र फोहोर एवम् मृतकका शव सहरमा अलपत्र छाडिएको बताइन्छ । उक्त सहर गत मे महिनामा तीन महिनाको संघर्षपछि रुसी फौजको नियन्त्रणमा पुगेको थियो ।

यसअघि पनि सहरमा रोगहरुको प्रकोप देखिएको बीबीसीले जनाएको छ । गत महिनामात्र त्यहाँ हैजाका बिरामी देखिएको जनाइएको छ । सहरका युक्रेनी मेयर भादिम बोइचेन्कोका अनुसार सहरमा हैजा, झाडापखाला र अन्य संक्रमक रोगहरु देखा पर्दै गएका छन् ।

रोग नियन्त्रण गर्न एवम् अन्यत्र नफैलियोस् भन्नाका लागि सहरमा आवागमन ठप्प पारिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ६ : ०३ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल