मंगलबार शरदसँग विवाह गर्दै इन्दिरा जोशी « Khabarhub

मंगलबार शरदसँग विवाह गर्दै इन्दिरा जोशी


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग मंगलबार विवाह गर्ने भएकी छन् ।

उनले यसको जानकारी समाजिक सञ्जाल मार्फत दिएकी हुन् । उनले इन्स्टाग्राममा पोस्ट राख्दै मंगलबार शरदसँग विवाह गर्न लागेको जानकारी गराएकी हुन् । ‘भगवानको कृपा र परिवारको आशिवार्दलाई साक्षी राख्दै हामीले जुन १४ मा विवाह गर्ने निर्णय गरेका छौँ । यो यहाँको आशिर्वाद र शुभेच्छा भोलिका दिनमा पनि रहनेछ भन्ने अपेक्षा राखेका छौँ’ उनले लेखेकी छिन् ।

आइतबार पारिवारिक समारोहमा दुबैको मेहन्दी कार्यक्रम सम्पन्न भएका तस्बिर सार्वजनिक भएका छन् । नेपाल आइडलको मञ्चबाट गायनमा प्रवेश गरेकी इन्दिराले आइटम गायिकाको रुपमा पाश्र्व गायनमा नाम कमाएकी थिइन् । इन्दिराका हुनेवाला दुलाहा शरद केडियो फेसन डिजाइनर रहेको बताइएको छ । यो जोडीले गत वर्ष सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए । शरदले त्यहाँ इन्दिरालाई इन्गेजमेन्ट औँठी लगाइदिएका थिए भने इन्दिराले बिहेको प्रस्ताव स्वीकारेकी थिइन् ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ७ : ३१ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने