आँबुखैरेनीमा सडक भासिएको ठाउँमा भित्ता काटेर सडक निर्माण गरिँदै | Khabarhub Khabarhub

आँबुखैरेनीमा सडक भासिएको ठाउँमा भित्ता काटेर सडक निर्माण गरिँदै


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डको सडक भासिएको ठाउँमा भित्ता काट्ने कामलाई निरन्तरता दिइएको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएको ठाउँमा कुनापट्टि भित्ता खन्ने कामलाई आज पनि निरन्तरता दिइएको हो । केही दिनदेखि परेको वर्षाका कारण शुक्रबार बिहान सडक भासिएपछि उक्त खण्डमा एकतर्फी मात्रै यातायात सञ्चालन हुँदै आएको छ ।

सडक डिभिजन कार्यालय दमौलीले अहिले साँझ ५ बजेदेखि यातायात बन्द गरी सडक खन्ने काम गरिरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । ‘५ बजेदेखि यातायात बन्द गरेर काम सुरु भएको छ । करिब दुई घण्टासम्म काम जारी रहँदा यातायात अवरुद्ध हुन्छ’, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक नीरज डाँगीले भने ।

सडक डिभिजनले बिहानको समयमा ८ बजेदेखि काम सुरु गर्दा केही बेर सडक अवरुद्ध हुने गरेको छ । आज बिहान पनि ११ बजेसम्म सडक अवरुद्ध गरी काम गरिएको छ । काम नगरेको बेला एकतर्फी रुपमा यातायात सञ्चालनको व्यवस्था मिलाइएको छ । सडक भासिएर एकतर्फी यातायात सञ्चालन हुँदा सवारीको चापले गर्दा जाम हुने गरेको छ । उक्त सडक भासिएर कार र मोटरसाइकल खस्दा दुईको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ८ : १९ बजे

‘पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत छ’

काठमाडौं– परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीको

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी

गलकोट– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प

डेङ्गुप्रति सचेतना अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– पानी पर्न थालेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढ्नसक्ने भन्दै सतर्कता अपनाउन

रिलायन्सको आइपीओ : कम्पनीको पक्षमा उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं– पाटन उच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको पक्षमा अन्तरिम आदेश

पोखराबाट अरु सहरमा पनि हवाई उडान गर्नेबारे छलफल

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न सहरहरूमा सीधा हवाई सेवा