जी-बब भन्छन्, 'म, परिवार र एएनटिएफ बसेर समस्या सुल्झाउँछौं" | Khabarhub Khabarhub

जी-बब भन्छन्, ‘म, परिवार र एएनटिएफ बसेर समस्या सुल्झाउँछौं”


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- र्‍यापर जी–बब (सुदीप भण्डारी) र उनका आमा बुबाबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीको विषयमा सोमबार छलफल हुँदैछ । दुबैले एक अर्काविरुद्ध उजुरी दिएपछि प्रशासनले महानगरी प्रहरी परिसर काठमाडौँलाई छानबिन गर्न निर्देशन दिएको छ । यद्यपि जी–बब र उनका बुबाआमाले एक आपसमा आरोप प्रत्यारोपलाई निरन्तरता नै दिइरहेका छन् । आमाबुबाले पत्रकार सम्मेलन गरेपछि आफू बाध्य भएर पत्रकार सम्मेलन गरेको जी–बबले बताएका छन् ।

‘मेरो आमा बुबाले पत्रकार सम्मेलन गरेकै कारण म बोल्न बाध्य भएको हुँ । नत्र मैले म स्वतन्त्र हुन पाउनुपर्छ भन्दै निवेदन दिएको हुँ । म कानुनी प्रक्रियामै थिएँ’ उनले भने । जी–बबले आफूलाई बुबा आमाले पहिल्यैदेखि नहेरेको र अहिले आएर अनावश्यक हस्तक्षेप गरेको दाबी गरे। उनले बाल्यकालमा आफूलाई परिवारको साथ नमिलेकै कारण एक्लै बस्ने बानी लागेको बताएका छन् ।

पत्रकार सम्मेलनमा जी–बबले आफूले कानुनी प्रक्रियाबाटै समस्याको समधान निकाल्ने बताएका छन् । ‘म सँग लिगल डकुमेन्ट्स छ । मैले घरमा नसोधेर हस्ताक्षर गरेकै कारण यस्तो भएको हो । मसँग भएको लिगल डकुमेन्ट्स म घर पठाउछु । त्यसपछि कानुनी रुपमा नभए म एएनटिएफ र परिवार बसेर समस्या सल्टाउँछु ।’ उनले भने ।

उनले आफू कुन रिह्याबमा बस्ने भन्ने अधिकार आफैमा रहेको समेत बताए । आयोजित पत्रकार सम्मेलनमा रिह्याबबाटै आइपुगेका जी–बबले भने ‘मेरो स्वास्थ्यलाई कहाँ भरपर्दो उपचार पाउँछ भन्ने कुरा मैले तय गर्न पाउँछु । मैले छानेर नै रिह्याब गरेको हुँ । म आफैँ केहि समय अगाडी गएर फर्म समेत भरेको हुँ’ उनले भने ।

उनले पारिवारिक तनावकै कारण आफ्नो समस्या समेत बढेको बताए । ‘मैले संगीतलाई जीवन जिउने आधार बनाएको छु । मलाइ आमाले ल्याङ्गल्याङ्ग गर्नु भयो । मेरो जीवनशैलीलाई कसरी बिताउने, कुन कम्पनीसँग काम गर्ने लगायतको निर्णय लिन म सक्षम छु र मैले पाउनु पर्छ । मैले मेरो आमा बुवालाई यही सम्झाइरहेको छु’ उनको भनाइ छ ।

उनले एएनटिएफ पनि आफ्नो फ्याम्ली जस्तै भएको बताए । ‘म मेरो करिअर , स्वास्थ्य र संगीत प्रति सिरियस छु । मैले सोचेको छैन र ? तर मलाइ काम नै गर्न नदिने गरी आमाले अप्ठ्यारो पार्न खोज्नु भएको छ ।

म जी–बब बनेकै एएनटिएफले गर्दा हो । त्यसैले म यो कम्पनीसँग ठिक छु , खुसी छुु उनले भने । जी–बबले एएनटीएफको स्टुडियोमा रहँतदा संगीतमा खुलेर लाग्ने वातावरण मिलेको समेत बताए ।

‘सांगीतिक माहोल भयो भने आर्टिस्टले सिर्जना तयार गर्न सक्छ । तर , मलाइ आमाले नै तनाव दिनु हुन्छ । म स्वतन्त्र भएर काम गर्न चाहन्छु’ जी–बबले भने । उनी समर्पण समाज नामक पुनर्स्थापना केन्द्रमा छन् । समर्पण नेपालका सञ्चालक टासी लामाले जी–बबले आफूसँग सहयोग मागेको र उनलाई उपचारको जरुरी भएको बताए ।

‘उसले मलाई उपचार चाहियो भन्यो । मैले नगर्ने भन्ने कुरा भएन । आफैँले फर्म भर्यो’ समर्पण नेपालका लामाले भने । उनले जी–बबको स्वास्थ्य अहिले ठिक नभएको समेत बताए ।

‘उ निकै डिस्टर्व छ । अहिले उसलाई शान्त वातावरण चाहिएको छ । अनावश्यक तनाव दिनु राम्रो होइन । म आफैँले पनि कुलतको जीवन बिताइसकेकाले उसको अवस्थालाई महसुस गर्न सक्छु’ लामाले भने । उनले परिवार, आयोजक र मिडियासँग जी–बबलाई केहि समय दिन समेत आग्रह गरे ।

‘केहि समय दिनुस् । उ स्वास्थ्य भएपछि काममा फर्किन्छ । किनकी उसको लगाव नै संगीतमा छ’ लामाले भने । आधा घण्टा लामो पत्रकार सम्मेलनपछि जी–बब पुनर्स्थापना केन्द्रमा फर्किएका छन् । उनी समर्पण समाज नामक पुनर्स्थापना केन्द्रका सदस्यसँगै त्यसतर्फ लागेका हुन् ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ८ : ३१ बजे

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालले अनुमोदन गरेका मानवअधिकारसम्बन्धी

मानवअधिकारको सम्वर्द्धनबाट मात्रै शासन प्रणाली बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन भएमा

नेपाल सुपर लिग : आज ललितपुर र चितवनबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज ललितपुर सिटी एफसी

कोशी, बागमती र गण्डकीमा मौसम बदली हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (मंसिर २४ गते) आइतबारका