प्रतिनिधिसभाको बैठकमा सहरसँगै सभ्यता बचाउन सांसदहरुको आग्रह « Khabarhub

प्रतिनिधिसभाको बैठकमा सहरसँगै सभ्यता बचाउन सांसदहरुको आग्रह


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयकोे विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद्हरूले सहरको विकाससँगै सभ्यता पनि जोगाउन आग्रह गरेका छन् ।

नेकपा (एमाले) का सांसद नवराज सिलवालले सहरको पूर्वाधार र विकास गर्दा त्यहाँका ऐतिहासिकता, सांस्कृतिक विविधता मौलिकता जोगाउन गम्भीर ध्यान दिनुपर्ने बताए । नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले बझाङलाई आलु र मुला खेतीको केन्द्रका रुपमा विकास गर्न बजेट विनियोजन गर्न सुझाव दिइएकामा लागू नभएको गुनासो गरे ।

उनले भने, “सिंहदरबारमा गएर मन्त्री, सचिव र विभागका प्रमुखहरूलाई बजेट र कार्यक्रमबारे सुझाव दिँदा थाक्ने स्थिति भइसकेको छ तर बजेट र कार्यक्रम मन्त्रीका क्षेत्र र आफन्तहरूलाई पार्ने गरिएको छ ।”

नेकपा ‘माओवादी केन्द्र’ का सांसद अञ्जना विसंखेले बजेट आमरुपमा सकारात्मक भए पनि योजना छनोट गर्दा समानुपातिक र वैज्ञानिक विकासको ढाँचालाई पूर्ण कार्यान्वयन नसकिएको बताइन् । सांसदहरू गजेन्द्र महत, डा दीपकप्रकाश भट्ट, राजबहादुर बुढालगायतले उक्त छलफलमा भाग लिएका थिए ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ९ : ३५ बजे

‘प्रधानमन्त्रीसँग पुरानो ब्यागेज छैन, भारतसँग नयाँ ढंगले काम गर्न सक्नुहुन्छ’

नेपाल र भारतबीचको सम्बन्धको विषयमा केही नबोली बुझिँदैन । केही

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले