क्यामरुनको अस्पतालमा भएको आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा | Khabarhub Khabarhub

क्यामरुनको अस्पतालमा भएको आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयले क्यामरुनको दक्षिणपश्चिमको एङ्ग्लोफोन क्षेत्रको अस्पतालमा भएको आक्रमणको कडा निन्दा गरेको छ।

स्वास्थ्यकर्मी, बिरामी र सुविधाहरूमा आक्रमणहरू अन्तरराष्ट्रिय मानव अधिकार कानूनको गम्भीर उल्लङ्घन हो क्यामरुनमा संयुक्त राष्ट्रसंघ मानवीय संयोजक मथियास नाबले एक विज्ञप्तिमा जारी गर्दै उल्लेख गरेका छन् ।

‘घटनाको छानबिन हुनुपर्छ र दोषीहरूलाई कारवाही गर्नुपर्छ’ उनले गत बुधबार संदिग्ध पृथकतावादी लडाकुहरूले यस क्षेत्रको माम्फे जिल्ला अस्पतालमा आक्रमण र आगजनी गरेको आक्रमणको बारेमा टिप्पणी गरेका छन् ।

ओसीएचएका अनुसार जनवरीदेखि स्वास्थ्य सेवा प्रदायकहरू विरुद्ध कम्तीमा पाँचवटा आक्रमण भएका छन् ।

‘क्यामरूनको उत्तरपश्चिम र दक्षिणपश्चिम क्षेत्रहरूमा सङ्कटले स्वास्थ्यकर्मीहरू वा बिरामीहरूलाई धम्की, अपहरण, घाइते वा मारिएको साथै चिकित्सा पूर्वाधारहरू क्षतिग्रस्त वा नष्ट गरेको स्वास्थ्य सेवामा ठूलो संख्यामा दुःखद आक्रमणहरू देखिएको’ विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ९ : ४८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’