नियन्त्रित लागू औषध सहित ५ जना पक्राउ « Khabarhub

नियन्त्रित लागू औषध सहित ५ जना पक्राउ


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेको नेपालगंजस्थित जमुनाह नाकाबाट लागु आषैधसहित ५ जना पक्राउ परेका छन् ।

भारतबाट नेपाल तर्फ आउदै गरेका उनिहरुलाई जमुनाह नाकामा चेकजाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका ५ बस्ने सोनु श्रेष्ठ र २० वर्षिय बिशाल कुंवर छन् । उनिहरुले गुडियाको भित्र लुकाई ल्याएको ७ ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने  ९खैरो धुलो पदार्थ० सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण ब्युरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । साथै लमही नगरपालिका-५ बस्ने २१ वर्षिय दिवस डाँगी र १७(१७ वर्षका अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनिहरुको परिचय भने प्रहरीले खुलाएको छैन ।
चेकजाँचको क्रममा दिवस डाँगीले कालो झोलामा लुकाई छिपाई राखेको सेतो प्लास्टिकको पोकामा १८ वटा पुडियामा १७ ग्राम खैरो हिरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ सहित ३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ८ : ५८ बजे

सिन्धुली-१ र २ मा रास्वपाका उम्मेदवार विजयी

कमलामाई– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नं १ र २

ओलीलाई हराएका बालेन्द्रले लिए प्रमाणपत्र

काठमाडौं- नेपालको संसदीय राजनीतिमा ठूलो उलटफेर गर्दै झापा-५ मा विजयी

रुपन्देही-१ मा रास्वपाका लम्साल विजयी

लुम्बिनी– रूपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय

दैलेख–२ मा एमालेका पोखरेल विजयी

दैलेख- दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन नं २ मा नेपाल कम्युनिष्ट

प्रत्यक्षमा ७ सिट जितेको राप्रपा एक सिटमा खुम्चियो, राजा फर्काउने एजेन्डा उत्तानो

काठमाडौं- २०७९ को निर्वाचनको निर्वाचनपछि बनेको गठबन्धनको जोड घटाउ सरकारलाई