नियन्त्रित लागू औषध सहित ५ जना पक्राउ | Khabarhub Khabarhub

नियन्त्रित लागू औषध सहित ५ जना पक्राउ


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेको नेपालगंजस्थित जमुनाह नाकाबाट लागु आषैधसहित ५ जना पक्राउ परेका छन् ।

भारतबाट नेपाल तर्फ आउदै गरेका उनिहरुलाई जमुनाह नाकामा चेकजाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका ५ बस्ने सोनु श्रेष्ठ र २० वर्षिय बिशाल कुंवर छन् । उनिहरुले गुडियाको भित्र लुकाई ल्याएको ७ ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने  ९खैरो धुलो पदार्थ० सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण ब्युरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । साथै लमही नगरपालिका-५ बस्ने २१ वर्षिय दिवस डाँगी र १७(१७ वर्षका अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनिहरुको परिचय भने प्रहरीले खुलाएको छैन ।
चेकजाँचको क्रममा दिवस डाँगीले कालो झोलामा लुकाई छिपाई राखेको सेतो प्लास्टिकको पोकामा १८ वटा पुडियामा १७ ग्राम खैरो हिरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ सहित ३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ८ : ५८ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने