केकी भन्छिन्,’मेरो पात्र समाजसँग नजिक छ’ « Khabarhub

केकी भन्छिन्,’मेरो पात्र समाजसँग नजिक छ’


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘सिल्ली फो’ ले पत्रकार सम्मेलन गरेको छ ।

आउँदो असार ३१ गतेबाट प्रदर्शनमा आउने फिल्मका कलाकारहरु केकी अधिकारी , रविन्द्र झा निर्देशक राज बहादुर सानेले फिल्मको बारेमा जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा कुराकानी गर्दै केकीले करिअर स्थापित गर्न संघर्षशील अभिनेत्रीको भूमिका निर्वाह गरेको बताएकी छिन् ।

‘मैले करिअरका लागि गर्ने संघर्ष , त्यसक्रममा भोग्ने भोगाइलाई भोगेको युवतीको भूमिका निर्वाह गरेकी छु । यो कथावस्तु संघर्षशील हरेकको जीवनसँग मिल्छ । यसको केही घटनाक्रम मेरो जीवनसँग पनि जोडिएका छन्’ केकीले भनिन् । भोगिरहेको र देखिएको समस्यालाई नै भूमिका काम गर्न सहज भएको केकीले बताइन् ।

कलाकार रविन्द्र झाले पनि फिल्मको पात्र मार्फत प्रस्तुत गरेको समस्या हाम्रै गाउँ सहरको रहेको बताए । ‘यो फिल्मको पात्र र त्यसको बनोट हाम्रै समाजबाट प्रभावित छ’ झाले भने । फिल्मको कथासारको विषयमा जानकारी गराउँदै निर्देशक राज बहादुर सानेले दैनिकीमा जुध्ने समस्यालाई फिल्ममा देखाइएको बताए । ‘कमेडी विधामा आएको छ’ । मैले हाम्रै समाजमा घटेको घटनाक्रम र पात्रलाई फिल्म मार्फत देखाउने कोसिस गरेको छु’ निर्देशक सानेले भने ।

सिल्ली फो अर्थात् चार जना मूर्ख नाम राखिएको फिल्ममा चार जना पात्र छन् जो संघर्ष गर्दा समाजबाट मूर्ख ठहरिन्छन् । फिल्ममा राजाराम पौडेल , धीरेन शाक्य, दिनेश रेग्मी, भूगोल कार्की, रमेश बजगाईँ, अनिता लामिछाने, दीपक थापा, पूर्णचन्द्र पोखरेल, रेजिना थापा लगायतले अभिनय गरेका छन् । मनोज डीके फिल्मका निर्माता हुन् ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  १० : ०८ बजे

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला