एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता « Khabarhub

एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

आज बिहान लिउ नेतृत्वको प्रतिनिधिमण्डल ओली निवास बालकोट पुगेर भेटवार्ता गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन्।

भेटमा दुई देशको सम्बन्ध, चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका कम्युनिष्ट पार्टीबीचको मित्रता लगायतका बारेमा छलफल भएको बताइएको छ।

लिउले आजै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग दिउँसो १ बजे भेट्ने कार्यक्रम छ।

लिउले भोलि राष्ट्रपति भण्डारीसँग भेट गर्ने तालिका छ ।

चार दिने भ्रमणका लागि नेपाल आएका लिउले पहिलो दिन आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँग भेट गरेका थिए।

दोस्रो दिन उनले सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए।

उनी भोलि स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १० : ४५ बजे

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको