भरुवा बन्दुकसहित एक जना पक्राउ « Khabarhub

भरुवा बन्दुकसहित एक जना पक्राउ


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – भरुवा बन्दुकसहित तनहुँमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घिरिङ गाउँपालिका–५ मोचाबारी निवासी ४० वर्षीय मानबहादुर थापा रहेका छन् ।

उनले साथमा भरुवा बन्दुक लिइ हिँडिरहेको अवस्थामा सोमबार घिरिङस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

निजको साथबाट १०० ग्राम बारुद, छर्रा २५ थान र एकनाले भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ११ : ४५ बजे

भेनेजुएलाको आरोप : आइसिसी जिम्मेवारीबाट पन्छियो

काराकास– अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले काराकास स्थित आफ्नो कार्यालय

चीनमा अध्ययन गरेका नेपाली र भारतीय चिकित्सकले मनाए २५ वर्षे ‘सिल्भर जुबिली’

काठमाडौं– चीनको हेनान प्रान्तस्थित सिन्सियाङ मेडिकल विश्वविद्यालय (एक्सएक्सएमयु) मा एमबीबीएस

बेनी-जोमसोम-कोरला सडक १९ वर्षपछि कालोपत्र

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ

एनपीएल क्रिकेट : जनकपुरविरुद्ध चितवन ब्याटिङमा

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले

सुनचाँदी बजारः सुन घट्यो, चाँदी बढ्यो

काठमाडौं– अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा