सेप्टेम्बरबाट छायांकनमा ‘ग्रहण’  « Khabarhub

सेप्टेम्बरबाट छायांकनमा ‘ग्रहण’ 


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने भनिएको फिल्म ‘ग्रहण’ को छायांकन सेप्टेम्बरको पहिलो साताबाट हुने भएको छ ।

घोषणाको समयमा मेलाई छायांकन डेट टार्गेट गरिएता पनि वर्षा याम भएकाले सेप्टेम्बरको पहिलो साता छायांकन सुरु गर्ने फिल्मका अभिनेता तथा कार्यकारी निर्माता विनय श्रेष्ठले बताए। उनले फिल्मको प्रि-प्रोडक्सनको काम भइरहेको जानकारी दिँदै निर्धारित समयमा नै छायांकन हुने बताए ।

‘हामीले फिल्म घोषणाको समयमा भनेको डेट कन्फर्म नभई टार्गेट थियो । मौसम बिग्रिने, वर्षा हुने समस्याको कारण हामीले सेप्टेम्बरबाट छायांकन गर्ने तयारी थालेका छौँ’ उनले भने । फिल्ममा विनयसँगै नम्रता श्रेष्ठ, सारुक ताम्राकार फाइनल भइसकेका छन् । अन्य कलाकार र टिमको विषयमा केही समय पश्चात् निर्माण टिमले जानकारी दिनेछ । फिल्मको छायांकन उपत्यकामा १५ दिन र सिक्किमको विभिन्न स्थानमा २० दिने गर्ने प्रारम्भिक सेड्युल छ ।

यसै फिल्म मार्फत राजीव गुरुङले निर्देशनमा डेब्यु गर्दै छन् । सिक्किममै फिल्म छायांकन गर्न नम्रताले नै निर्देशक गुरुङलाई सुझाव दिएकी थिइन् । उनी फिल्ममा एरियल योगा प्रशिक्षकको भूमिका निर्वाह गर्दै छिन् । यसको लागि उनले केही समय प्रशिक्षण समेत लिएकी थिइन् । ‘आफूले पाएको क्यारेक्टरलाई न्याय गर्न मैँले प्रशिक्षण समेत लिएकी हुँ । किनकि मैँले जिउने क्यारेक्टरको बारेमा मैँले बुझ्नु जरुरी हुन्छ’ उनले भनिन् । फिल्मको कथा लेख्दा नै नम्रतालाई उक्त क्यारेक्टरमा देखेको निर्देशक गुरुङले बताए ।

‘मैँले क्यारेक्टर तयार गरेपछि नम्रताजीलाई पाए र अफर गरेको हुँ । त्यस्तै अर्को क्यारेक्टरमा विनयजी फिट हुनु भो’ निर्देशक गुरुङले भने । अमेरिकाबाट फिल्म सम्बन्धी अध्ययन गरेर नेपाल फर्किएका गुरुङले थ्रिलर र ड्रामा जनरामा फिल्म तयार गर्दै छन् । फिल्ममा उनकै लगानी रहेको छ ।

निर्देशक गुरुङको फिल्म प्रतिको लगाव देखेर नै विनय श्रेष्ठले आफू कलाकारसँगै कार्यकारी निर्माताको रूपमा समेत जोडिएको बताए । ‘राजीव जीको फिल्म प्रतिको लगावले सँगै सहकार्य गर्न प्रेरित गर्‍यो’ उनले थपे ,’फिल्ममै केही गर्छु भन्नेलाई हामीले सहकार्य गरेर सघाउने हो ।’ नम्रता पनि विनयसँग डेब्यु फिल्म ‘सानो संसार’ पश्चात् स्क्रिन सेयर गर्न पाउँदा उत्साहित छिन् ।

निर्मला गुरुङ निर्माता रहेको फिल्ममा प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मी , कास्टिङ डायरेक्टर सुदाम सिके, छायांकनमा हरी हुमागाईं र सम्पादकमा प्रविण श्रेष्ठ अनुबन्धित भइसकेका छन् ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १२ : ५९ बजे

दुई गाउँको विवाद न्यायिक समिति र एक्यापद्वारा मेलमिलाप

मुस्ताङ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित (छुसाङ–तेताङ) गाउँबीच प्राकृतिक स्रोत

‘बखान’ उपन्यास पुरस्कृत

चितवन– यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार आख्यानकार

म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री

यस्तो छ पूर्वमन्त्री दीपक खड्काको पक्राउ पूर्जी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी – चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको