अपर हेवाखोला हाइड्रोको आईपीओे भर्ने आज अन्तिम दिन  « Khabarhub

अपर हेवाखोला हाइड्रोको आईपीओे भर्ने आज अन्तिम दिन 


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अपर हेवाखोला हाइड्रोपावरको आईपीओमा १ अर्ब २१ करोड ९६ लाख ९४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार मंगलबार (असार २८ गते) बिहान १० बजेसम्ममा १० लाख ५९ हजार ९३९ जनाले १ करोड २१ लाख ९६ हजार ९४० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले २४ असारदेखि १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । योमध्ये ७५ हजार कित्ता सामूहिक लगानी कोष र ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्टाइएको छ ।

बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा एनएमबी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले अपर हेवाखोलाको आईपीओलाई औसत जोखिम जनाउने ‘कियरएनपी डबल बी’ रेटिङ दिएको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १ : ३६ बजे

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न

अल्लाहलाई पुकार्दै ट्रम्प भन्छन्- इरानले युद्ध हारिरहेको छ

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति पूर्ण रूपमा

छानबिन प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भन्दै अर्को आयोग गठन गर्न नेकपा संयुक्तको माग

काठमाडौं- नेकपा संयुक्तले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई अपूर्ण

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक