काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेको छ।
प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको एनआरएनएले जनाएको छ । प्रतिनिधिमण्डलका पदाधिकारीहरूले सरकारले प्रतिनिधि सभामा पेश गर्न लागेको नागरिकता विधेयक बारे छलफल गरेको थियो ।
उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा. बद्रि केसी, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो लगायतका पदाधिकारीहरूले विधेयक ल्याउनको लागि सहयोग गरेकोमा प्रचण्ड र माओवादी पार्टीलाई धन्यवादसमेत दिएका थिए ।
विधेयक अन्तिम चरणमा आइसकेकोले यसलाई पारित गराई विश्वमा रहेका सबै गैरआवासीय नेपालीहरूको भावनालाई सम्बोधन गर्न भेटमा उनीहरूले आग्रह गरेका थिए ।
जवाफमा प्रचण्डले संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि जुन व्यवस्था गरिएको छ त्यही अनुरूप विधेयक आउने विश्वास व्यक्त गरेका थिए ।
प्रतिक्रिया