‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’ « Khabarhub

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले विद्यालय सामग्रीमा लागेको प्रतिबन्ध हटाएर बढी बालबालिकाले सहज रूपमा शिक्षा पाउन सकून् भनी आग्रह गरेका छन्। मानवतावादी निकायले शुक्रबार यस सम्बन्धमा आफ्नो चिन्ता सार्वजनिक गरेको हो।

मानवतावादी समन्वय कार्यालयले बालबालिकालाई विद्यालयमा फर्काउने र जाडो मौसमका कारण पीडित भएका मानिसलाई सहयोग गर्ने उद्देश्यले साझेदारहरूसँग मिलेर काम गरिरहेको जनाएको छ। 

कार्यालयका अनुसार हाल गाजामा ४४० भन्दा बढी शिक्षण स्थल सञ्चालनमा छन् । यसै महिनामा गाजाका १० अस्थायी शिक्षण स्थलहरू पनि मर्मत गरिएको छ।

जाडो मौसमका कारण आश्रय गुमाएका परिवारहरूलाई सहयोग गर्न कार्यालयले २०० भन्दा बढी टेन्ट, हजारौं कम्बल, गर्म कपडा, खाना पकाउने भाँडाकुँडा र सौर्य बत्ती वितरण गरेको छ।

यद्यपि, गाजामा अझै १० लाखभन्दा बढी मानिसलाई तुरुन्तै आश्रय सहयोग र दीर्घकालीन समाधान आवश्यक छ। यसमा क्षतिग्रस्त घरहरूको मर्मत र आपतकालीन आश्रय सामग्री उपलब्ध गराउने कुरा समावेश छ।
 

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  २ : ३४ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली