मनोरञ्जन

नताशासँग एलनको ‘ब्रेकअप’

By खबरहब

July 12, 2022

काठमाडौँ– एलन मस्क सबैले चिन्ने नाम बनिसकेका छन् । विश्वका सबैभन्दा धनाढ्य बनेका मस्क पछिल्लो समय भने प्रेम जीवनको कारण चर्चामा आएका छन् । अस्ट्रेलियाली अभिनेत्री नताशा बासेटसँग प्रेम जीवनमा रहेका मस्क बीच ब्रेकअप भएको छ । बज लुरम्यानको बायोपिक फिल्म ‘एल्भिस’ पछि मस्क र नताशाबीचको सम्बन्ध टुंगिएको हो । फिल्ममा नताशाले मुख्य भूमिका निर्वाह गरेकी छन् ।

अर्बपति मस्कले आफू र अर्को कम्पनी न्युरालिंककी कार्यकारी सिभोन जिल्सले जुम्ल्याहा बच्चालाई जन्म दिएको खुलासा गरेपछि अभिनेत्री बासेटसँगको सम्बन्ध टुंगिएको हलिउड लाइफ म्यागजिनले जनाएको छ । यो खुलासासँगै मस्कका सन्तानको संख्या १० पुगेको छ । स्रोतलाई उद्धृत गर्दै हलिउड लाइफले लेखेको छ, ‘नताशाले अब करिअरमा ध्यान केन्द्रित गर्ने निर्णय गरेकी छन् ।