पाँच बुँदे माग लिएर महानगर पुगे फिल्मकर्मी  « Khabarhub

पाँच बुँदे माग लिएर महानगर पुगे फिल्मकर्मी 


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई कलाकर्मीले भेटका छन् । निर्माता अशोक शर्मा, कलाकार निर्मल शर्मा, निर्देशक दीपाश्री निरौला, निर्देशक निश्चल बस्नेत, कलाकार खगेन्द्र लामिछाने, रविन्द्र खड्का लगायतले भेटघाट गर्दै मनोरञ्जन कर, डिजिटल बोर्ड र कल्याणकारी कोषको विषयमा छलफल गरेका छन । बालेन्द्रले मेयरमा निर्वाचित भए लगत्तै २ प्रतिशत मनोरञ्जन करमा छुट दिने घोषणा गरेका थिए । यद्यपि उनले त्यसतर्फ ध्यान नदिएपछि फिल्मकर्मीहरू अन्य समस्या सहित मेयरसँग भेटघाट गर्न पुगेका हुन्। 

अशोक शर्माको नेतृत्वमा छलफलमा सहभागी फिल्मकर्मीले मेयर बालेन्द्रले यसअघि प्रतिबद्धता जनाएअनुसार मनोरञ्जन करमा २ प्रतिशत छुट दिनुपर्ने, प्रचारप्रसारका लागि डिजिटल बोर्डमा सघाउनुपर्ने र विद्यमान कल्याणकारी कोषको रकम वृद्धि गर्नुपर्ने माग राखे । मेयरलाई भेट्न पुगेका फिल्मकर्मीले पाँच बुँदे माग नै राखेका छन् ।  ‘मेयर बालेन्द्र ज्युले आफ्नो महानगर अन्तर्गत पर्ने कार्यहरूलाई सम्पादन गर्छु भन्नु भएको छ । साथै , उहाँले सहजीकरण गर्ने प्रतिवद्धता पनि जाहेर गर्नु भएको छ’ कलाकार निर्मल शर्माले बताए । साथै, अभिनेत्री वसुन्धरा भुसालको नेतृत्वमा चलचित्र विकास बोर्डमा रहेको चलचित्रकर्मी कल्याण कोषमा रकम वृद्धि गर्न सघाउन माग गरिएको छ ।

अहिले कोषले स्वास्थ्य परिस्थिति हेरेर एक लाख रुपैयाँसम्म सहयोग गर्दै आएको छ । बैठकमा  सहभागी दीपाले यसबारे ध्यानाकर्षण गराएकी थिइन् । फिल्मकर्मीले स्थानीय मनोरञ्जन करमा छुटसँगै वडामै कम्पनी दर्ता हुनुपर्ने , डिजिटल बोर्डलाई व्यवस्थित गर्दै नेपाली फिल्मको प्रचारमा सघाउनु पर्ने,  नगर भित्र सहज र सहुलियत रुपमा छायांकन गर्न पाइनु पर्ने र कल्याणकारी कोषमा सहयोग गर्नु पर्ने माग राखेका थिए।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ३ : २६ बजे

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना