‘पोइ पर्‍यो बुढो’ बन्ने  « Khabarhub

‘पोइ पर्‍यो बुढो’ बन्ने 


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कमेडी र सोसल ड्रामा फिल्म ‘पोइ पर्‍यो काले’ को सिक्वेल निर्माण हुने भएको छ । फिल्मको सिक्वेलको नाम ‘पोइ पर्‍यो बुढो’ राखिएको छ । फिल्मको प्रि-प्रोडक्सन अन्तर्गतको काम अहिले भइरहेको छ । फिल्म आउँदो मङ्सिरबाट छायांकनमा लाने गरी निर्माण युनिट तयारीमा जुटेको छ । फिल्मका प्रस्तुत कर्ता किरण नेपालीले आफ्नो फिल्म ‘दुई नम्बरी’ प्रदर्शन सकिए लगत्तै निर्माण प्रक्रिया अगाडी बढाइने बताए ।

अगत केसीले पटकथा लेखिरहेको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्ने चर्चा छ । ‘हामीले कलाकार कसलाई भन्ने विषयमा अझैँ टुङ्गो लागेको छैन । यद्यपि टाइटलले नै एक जना उमेर बढेको कलाकार र एक युवा कलाकार रहने जनाउँछ । यो उमेर भिन्नताको प्रेम कथा हुनेछ’ प्रस्तुत कर्ता नेपालीले भने । रेडबर्ड प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा प्रस्तुति गण्डकी प्रदेशका खेलकुद मन्त्री दीपक मनाङेको हुनेछ भने कार्यकारी निर्माताको रूपमा किरण हुनेछन् । चलचित्र विकास बोर्डमा यो शीर्षकमा फिल्म दर्ता भइसकेको छ ।

सन् २०१९ मा रिलिज भएको फिल्म ‘पोइ पर्‍यो काले’ले घरेलु बक्स अफिसमा  सफलता हात पारेपछि किरण सिक्वेल निर्माणमा अगाडी सरेका हुन् । फिल्म ‘२ नम्बरी’ तिहारकै छेको कात्तिक ४ गते नै प्रदर्शन हुने किरणले बताए । ‘हामी उक्त डेटबाट टसमस हुँदैनौँ’ उनले भने।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ३ : ३६ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको