निर्देशक जफर इरानी सरकारद्वारा पक्राउ « Khabarhub

निर्देशक जफर इरानी सरकारद्वारा पक्राउ


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इरानका चर्चित फिल्म निर्देशक जफर पनाहीलाई इरान सरकारले पक्राउ गरेको छ । उनले दुई जना छायांकारको पक्राउको विरोधमा हस्ताक्षर गरेपछि उनलाई सरकारले नियन्त्रणमा लिएको हो ।

सरकारले गरेको भ्रष्टाचार तथा बेथितिको विरुद्धमा आवाज उठाएपछि दुई छायांकार पक्राउ परेका थिए । उनीहरू पक्राउ परेपछि पनाहीसँगै तीन सय फिल्मकर्मीले उनीहरूको रिहाइको माग गर्दै हस्ताक्षर अभियान चलाएका थिए । यही कसुरमा सरकारले पनाहीलाई पक्राउ गरेको हो ।

गोल्डेन बियर विजेता फिल्म ‘ट्याक्सी’ तथा ‘दिस इज नट अ फिल्म’ जस्ता फिल्मका निर्देशक पनाही महान्यायाधीवक्ताको कार्यालय अगाडि भएको प्रदर्शनमा सहभागी भएको भन्दै सरकारले उनलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा खबर छ । पनाहीलाई इरान सरकारले यसअघि पनि धेरै चोटि नियन्त्रणमा लिएको थियो ।

सरकारको सदा विरोधी रही आएका पनाहीलाई इरान सरकारले पहिले नै देशबाहिर जान पनि निषेध गरेको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ४ : ०० बजे

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न