जेम्स वेब टेलिस्कोपद्वारा खिचिएको अन्तरिक्षको अहिलेसम्मकै सबैभन्दा विस्तृत तस्वीर सार्वजनिक « Khabarhub

जेम्स वेब टेलिस्कोपद्वारा खिचिएको अन्तरिक्षको अहिलेसम्मकै सबैभन्दा विस्तृत तस्वीर सार्वजनिक


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गत वर्षको डिसेम्बर महिनामा अन्तरिक्षतर्फ प्रक्षेपण गरिएको जेम्स वेब स्पेस टेलिस्कोपले अन्तरिक्षको अत्यन्त विस्तृत, चहकिलो र उत्कृष्ट तस्वीर पृथ्वीमा पठाएको छ ।

यसअघि अन्तरिक्षको तस्वीर लिन अन्तरिक्षतर्फ पठाइएको हबल टेलिस्कोपको उत्तराधिकारी मानिएको जेम्स वेब टेलिस्कोपले खिचेको उक्त तस्वीरमा अहिलेसम्मकै सबैभन्दा विस्तृत इन्फ्रारेड दृश्य देख्न सकिने बीबीसीले जनाएको छ ।

यस तस्वीरमा टेलिस्कोपसम्म प्रकाश आइपुग्न अरबौँ वर्ष लाग्ने नक्षत्रहरु समेत समावेश रहेको जनाइएको छ ।

उक्त तस्वीर अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ह्वाइट हाउसमा ब्रिफिङका क्रममा देखाइएको थियो । ‘यी तस्वीरहरुले विश्वलाई अमेरिका ठूला काम गर्न सक्षम रहेको स्मरण गराउँछ र अमेरिकी जनताहरु – मुख्यगरी हाम्रा केटाकेटीहरुलाई – हाम्रो क्षमताबाहिर केही पनि छैन भन्ने सम्झाउँछ ।’ राष्ट्रपति बाइडेनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

१० अर्ब अमेरिकी डलरको लागतमा जेम्स वेब स्पेस टेलिस्कोपलाई गत वर्षको डिसेम्बर २५ मा अन्तरिक्षतर्फ प्रक्षेपण गरिएको थियो । यो टेलिस्कोपको मुख्य दुई उद्देश्य रहेका छन् ।

बीबीसीका अनुसार यो टेलिस्कोपको पहिलो मुख्य उद्देश्य १३ अर्ब ५० करोड वर्षअघि ब्रह्माण्डमा पहिलो पटक चम्केको ताराको तस्वीर लिनु रहेको छ ।

त्यस्तै, यो टेलिस्कोपको दोस्रो उद्देश्य ब्रम्हाण्डका अन्य तारापुञ्ज एवम् वाह्य ग्रह प्रणालीमा पृथ्वीजस्तो बसोबास योग्य ग्रह पत्ता लगाउनु रहेको बीबीसीले जनाएको छ ।

हालै सार्वजनिक तस्वीरले जेम्स वेब टेलिस्कोप पहिलो उद्देश्य पूरा गर्न सक्षम रहेको देखिने जनाइएको छ । यस टेलिस्कोपमा ६.५ मिटर फराकिलो सुनौलो ऐना र अन्य अत्यन्त संवेदनशील उपकरण जडान गरिएको छ ।

हालै सार्वजनिक तस्वीरमा झण्डै १४ अर्ब वर्षअघि ब्रम्हाण्डको उत्पत्तिको कारण ठानिएको ‘बिग ब्याङ’ विस्फोट भएको केबल ६० करोड वर्षपछि अस्तित्वमा रहेका तारापुञ्जको पनि पहिचान भएको बीबीसीले उल्लेख गरेको छ ।

‘प्रकाशको गति १,८६,००० माइल प्रतिसेकेण्डको हुन्छ । र तपाईले देखेको यो प्रकाशले १३ अर्ब वर्षदेखि यात्रा गरिरहेको छ ।’ नासाका प्रमुख बिल नेल्सनले भने । ‘अनि यी अझै पछिका पनि छन् किनकी यो पहिलो तस्वीर मात्रै हो ।

साढे १३ अर्ब वर्षअघिका ताराका तस्वीर पनि छन् । र हामीलाई यो ब्रम्हाण्डको उमेर १३ अर्ब ८० करोड वर्ष हो भन्ने थाहा छ, हामी ब्रम्हाण्डको झण्डै उत्पित्तिसम्म नै पुग्नेछौँ ।’ उनले भने ।

अमेरिकी अन्तरिक्ष निकाय नासा, युरोपेली अन्तरिक्ष निकाय ईएसए, क्यानाडाका अन्तरिक्ष निकाय सीएसएले मंगलरबार थप तस्वीरहरु सार्वजनिक गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ३ : ४६ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल