खगेन्द्रको जन्मदिनमा ‘पानीफोटो’ को ट्रेलर सार्वजनिक (भिडियो) « Khabarhub

खगेन्द्रको जन्मदिनमा ‘पानीफोटो’ को ट्रेलर सार्वजनिक (भिडियो)


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिल्म ‘पानीफोटो’ को ट्रेलर सार्वजनिक भएको छ । आउँदो साउन १३ मा प्रदर्शनमा आउने फिल्मको प्रचारप्रसारलाई तीव्रता दिँदै टिमले एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका अभिनेता खगेन्द्र लामिछानेले  आफ्नो जन्मोत्सवको अवसर पारेर सार्वजनिक गरेको ट्रेलरमा बेपत्ता छोराको खोजीमा भौँतारिएका अभिभावकको पिडा देखाइएको छ ।

उनले (पानीफोटो) को कुनै अर्थ नहुने समेत बताए । ‘फोटो नेगेटिभ भन्न खोजेको हो । पानीफोटो सायद शब्द कोषमा समेत छैन होला । यो बाल्यकालमा सुनेको शब्द भएकाले त्यसलाई मैले पानीफोटो बनाएको हो । मैँले यही नाममा नाटक पनि सुरु गरेँ’ खगेन्द्रले भने ।

उनले फिल्म निर्देशन गर्नु आफ्नो सपना रहेको समेत बताएका छन् । ‘लेखक र कलाकार हुँदा हुँदै किन निर्देशक बनेको रु धेरैले सोध्नु हुन्छ । तर, एउटा फिल्म भए पनि निर्देशन गर्ने मेरो सपना थियो । र, सपनाको जवाफ हुँदैन‘ खगेन्द्रले भिडियोमा भनेका छन् । हाइलाइट्स नेपाल मार्फत सार्वजनिक गरिएको ट्रेलर हेरिरहेका अधिकांशले द्वन्द्वको समयको याद ताजा भएको प्रतिक्रिया दिएका छन् ।

‘फिल्ममा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा-आमाको कथालाई दर्शक माझ लिएर आउँदै छौँ’ उनले भने । उनले निर्देशनमा डेब्यु गरेको ‘पानीफोटो’ दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरुपण गरिएको फिल्म हो । स्वयम् खगेन्द्रले आफू लिखित नाटकलाई फिल्मको स्वरूप दिएका हुन् । फिल्ममा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

टलकजंग भर्सेस टुल्के मार्फत फिल्म अभिनयमा भित्रिएका खगेन्द्रले पशुपति प्रसाद, धनपति हुँदै डमरुको डण्डीवियोसम्म आइपुग्दा आफूलाई  ‘भर्सटायल अभिनेता’ को रुपमा परिचित गराइसकेका खगेन्द्र निर्देशित फिल्म ‘पानीफोटो’ साउन १३ मा रिलिज हुने भएको छ । खगेन्द्रले नाटकलाई फिल्ममा ल्याउनु आफ्नो सपना रहेको बताए । ‘यसलाई फिल्म बनाएर धेरै दर्शकसम्म यो कथालाई पुर्‍याउने मेरो सपना नै थियो । मैले नाटक मञ्चनको समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिए ’ खगेन्द्रले भने ।

दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठसँगै अर्जुन कार्कीको सम्पादन रहेको छ । यसमा पुष्पा संगमको पार्श्व संगीत रहेको छ भने प्रोडक्सन हेडको रुपमा शंकर पाण्डे रहेका छन् ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ५ : १९ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका