सञ्चार क्षेत्रलाई मर्यादित बनाउनुपर्नेमा मुख्यमन्त्री केसीको जोड  | Khabarhub Khabarhub

सञ्चार क्षेत्रलाई मर्यादित बनाउनुपर्नेमा मुख्यमन्त्री केसीको जोड 


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकार र जनता बीचमा पुलको काम गर्ने भएकाले सञ्चार क्षेत्र सधैँ मर्यादित हुनुपर्ने बताएका छन् ।  मुख्यमन्त्री केसीले जनताको जीवनलाई सुमधुर र समृद्ध बनाउन सञ्चार क्षेत्रको निकै महत्त्वपूर्ण भूमिका रहेको बताउँदै सञ्चार कर्मलाई मर्यादित बनाउन आग्रह गरे।

लुम्बिनी प्रदेश सरकारद्वारा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मान कार्यक्रमलाई मंगलबार बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री केसीले सञ्चारमाध्यम र सञ्चारकर्मीले समाज परिवर्तनमा योगदान पुर्‍याउन आवश्यक रहेको बताए। 

प्रदेश सरकारले पत्रकारलाई सम्मान गरी लोकप्रियता कमाउनु भन्दा पनि पत्रकारले गरेको कामलाई सम्मान गरेको बताउँदै उनले आगामी दिनमा पनि लुम्बिनी प्रदेश सरकारका जनमुखी कार्यलाई जनतासमक्ष पुर्‍याई दिन आग्रह गरे ।

कार्यक्रममा विन्दुकुमार चौहान, खिमानन्द भट्टराई, सन्जु पौडेल, डिलाराम भुसाल र प्रेम बिक सम्मानित भए । सो अवसरमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले सङ्घीयतालाई बलियो बनाउने गरी लाग्न सञ्चार क्षेत्रलाई अनुरोध गरे।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ६ : ४८ बजे

तुलसीपुर कारागारबाट भागेका ७१ कैदी पक्राउ

दाङ– यहाँको तुलसीपुर कारागारबाट भागेका ७१ जना कैदीलाई पक्राउ गरिएको

रवि लामिछाने जेल फर्कने

काठमाडौँ – शंकास्पद कागजात लिएर जेन-जी प्रदर्शनको मौका छोपी जेलबाट

दलाई लामाले दिए सुशीला कार्कीलाई बधाई

काठमाडौं– तिब्बतका धर्मगुरु दलाई लामाले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

प्रधानमन्त्री कार्कीको नियुक्ति संविधानविपरीत : पत्रकार महासंघ

काठमाडौं– नेपाल पत्रकार महासंघले प्रधानमन्त्री सुशीला कार्कीको प्रधानमन्त्री पदमा भएको

संसद् विघटन फिर्ता लिन राष्ट्रपतिलाई ८ दलको आग्रह

काठमाडौं– आठ राजनीतिक दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग संसद् विघटनको निर्णय