झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे  « Khabarhub

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा– ५ बाट युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ ।

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शनिबार ललितपुरको हात्तीवनस्थित निवासमा बोलाएर तामाङलाई टिकट दिएका हुन् ।

निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार आगामी ६ माघमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । तामाङले झापा–५ को टिकट आफूले पाएको बताए ।

संयोजक प्रचण्डले जितको शुभकामनासहित आफूलाई टिकट प्रदान गरेको उनले जानकारी दिए ।

‘प्रचण्ड कमरेडले झापा–५ को टिकट दिनुभयो’, तामाङले भने, ‘जितको अग्रिम शुभकामनासहित जसरी पनि जित्नुपर्छ भन्नुभएको छ ।’

माओवादी सम्वद्ध विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तामाङ प्रखर वक्ताका रुपमा चिनिन्छन् । उनी युवाहरु माझ लोकप्रिय पनि छन् ।

झापा–५ एमाले अध्यक्ष केपी ओलीको परम्परागत निर्वाचन क्षेत्र हो । उक्त क्षेत्रबाट ओली ०४८ सालदेखि लगातार चुनाव लड्दै आएका छन् ।

यसपटक काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) पनि झापा–५ बाट उठ्ने तयारीमा छन् । त्यसका लागि उनले दमकमा तीनवटा घर भाडामा लिएका छन् ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ११ : ५६ बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार