गण्डकी प्रदेश: बजेटबारे देखिएको असन्तुष्टिप्रति मुख्यमन्त्रीले दिए स्पष्टीकरण « Khabarhub

गण्डकी प्रदेश: बजेटबारे देखिएको असन्तुष्टिप्रति मुख्यमन्त्रीले दिए स्पष्टीकरण


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रतिष्ठानका नाममा भएका बजेट विनियोजनका सम्बन्धमा देखिएको असन्तुष्टि सम्बन्धमा आज आफ्ना धारणा व्यक्त गरेका छन् ।

गण्डकी प्रदेशसभाको आजको बैठकमा विशेष समय लिएर उनले देखिएका असन्तुष्टि सम्बन्धबारे स्पष्ट पारेका हुन् ।

गोवर्धन शर्मा स्मृति कोष, पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस्ट भवन निर्माण, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण र अमृत जोशी स्मृति पार्कमा छुट्याएको बजेट प्राथमिकताका क्षेत्रमा खर्च गर्न निर्देशन दिइसकेको मुख्यमन्त्री पोखरेलले सभामा जानकारी गराए ।

गोवर्धन शर्मा मेमोरियल ट्रष्ट लगायतका प्रतिष्ठान, ट्रष्टका विषयलाई लिएर समाजमा, सामाजिक सञ्जाल, मिडिया र प्रतिपक्षले राखेको चासोबारे स्पष्ट पार्नका लागि सभामा समय मागेको उनले बताउ । देशमा परिवर्तनका लागि धेरै व्यक्तित्वले योगदान गरेको उल्लेख गर्दै उनले ती व्यक्तिलाई राष्ट्रले, प्रदेशले सम्झने कि नसम्झने ? भन्दै प्रश्न गरे ।

“आज विपी कोइरालालाई छाडौँ, उहाँ प्रधानमन्त्री हुनुभयो, पुष्पलाल जी केही हुनुभाथ्यो ? थिएन । गणेशमानजी सरकारी पदमा जानुभयो, जानुभएन । यस्ता धेरै व्यक्तित्व हुनुहुन्छ, जसलाई हामीले सम्मान गरेका छौँ, गर्नुपर्छ र केन्द्रीय सरकारले गरिआएको पनि छ”, मुख्यमन्त्री पोखरेलले भने ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १० : २४ बजे

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा