विश्व इतिहासमा आज : अन्तिम क्वागाको मृत्युदेखि ग्रीष्मकालीन ओलम्पिकको समापनसम्म  « Khabarhub

विश्व इतिहासमा आज : अन्तिम क्वागाको मृत्युदेखि ग्रीष्मकालीन ओलम्पिकको समापनसम्म 


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल साउन २७ गते शुक्रबार । सन् २०२२ को अगस्ट १२ तारिख । आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् ।

सन् २०१२ अगस्ट १२ मा लन्डनमा भएको ग्रीष्मकालीन ओलम्पिकको समापन समारोह भएको थियो ।

सन् २००५ अगस्ट १२ मा ‘लिबरेशन टाइगर्स अफ तलिम इलम’ एलटीटीइका एक स्नाइपरले श्रीलंकाका विदेश मन्त्री लक्ष्मण कादिरगमारलाई आफ्नै घरमा मारे ।

सन् २००० अगस्ट १२ मा ब्यारेन्ट्स समुन्द्रमा भएको सैन्य अभ्यासमा रुसी नौसेना पनडुब्बी के–१४१ कुर्सक विस्फोट भई डुबेको थियो ।

सन् १९९० अगस्ट १२ मा दक्षिण ड्याकोटाको फेथस्थित एक चट्टानमा विशाल डायनासोरसको जीवाश्मा भेटिएको थियो । अमेरिकी प्यालेन्टोलोजिस्ट सु हेन्ड्रिक्सनले भेटाएका सो जीवाश्मा टीरानोसोरस रेक्सको थियो । अनुशन्धानपश्चात जीवित अवस्थामा सो डायनासोरस १४ फिट अग्लो रहेको पत्ता लाग्यो ।

सन् १९७८ अगस्ट १२ मा लेबनानी नागरिक युद्धको क्रममा प्यालेस्टाइन शरण शिविरमा तेल अल–जातर नरसंहार भएको थियो ।

सन् १९९७ अगस्ट १२ मा स्पेस शटल इन्टरप्राइजले आफ्नो पहिलो निःशुल्क उडान र अवतरण सुरु गरेको थियो ।

सन् १९७६ अगस्ट १२ मा आइबीएम नीजी कम्प्युटरको पहिलो पटक विक्रीको लागि राखिएको थियो । आइसीएम पीसी वा आइबीएल ५१५० को नामले चिनिने सो कम्प्युटरमा हार्ड डिस्क थिएन । एक कम्प्युटर १५०० डलरमा बिक्री भएको थियो ।

सन् १९८५ अगस्ट १२ मा माउन्ट ताकामगहरामा जापान एयरलाइन्स फ्लाइट १२३ दुर्घटना हुँदा ५२० मानिसको मृत्यु भएको थियो ।

सन् १९२२ अगस्ट १२ मा वासिङ्टन डीसीमा भएको फ्रेडरिक डगलसको निवासलाई स्मृति भवन घोषणा गरिएको थियो ।

सन् १८८३ अगस्ट १२ मा एम्स्टर्डमस्थित नेचुरा आर्टिस मजिस्ट्रा चिडियाखानामा विश्वको नै अन्तिम क्वागाको मृत्यु भएको थियो । दक्षिण अफ्रिकामा क्वागा जेब्रा जस्तो देखिने जनावर थियो। जसको केवल अघिल्लो भागमा धारहरु हुने गर्थे । मानिसहरुको क्वागाको छाला र मासुको लागि अत्यधिक सिकार गर्ने प्रवृत्तिले क्वगा लोप भएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ६ : ५१ बजे

पार्टीको विवाद अदालतमा पुनरावलोकन भइरहेको छ, धेरै टिप्पणी गर्दिनँ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको विवाद सर्वोच्च अदालतमा

संसद्‌ भवन परिसरमा वृक्षारोपण  

काठमाडौं– निर्माणाधीन सङ्घीय संसद्‌ परिसरमा वृक्षारोपण गरिएको छ ।  शुक्रबार

ग्यासको हाहाकार टार्न चितवनमा एकद्वार प्रणाली (तस्बिरहरू)

भरतपुर– ग्यासको हाहाकार भएपछि चितवनमा एकद्वार प्रणालीबाट वितरण थालिएको छ ।

सुकेधाराबाट इतर पक्षको घोषणा : गगन थापालाई कांग्रेसको सभापति मान्दैनौँ

काठमाडौं- नेपाली कांग्रेसभित्र सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा

गगनमाथि पूर्णबहादुरको प्रहार : अवैध विशेष महाधिवेशनबाट सभापति बने, चुनावमा आफू र पार्टीलाई खाल्डामा पारे

काठमाडौं- नेपाली कांग्रेसका तत्कालीन उपसभापति पूर्णबहादुर खड्काले सभापति गगन थापामाथि