साउदीका लागि नेपाली राजदूत सुवेदीले बुझाए ओहोदाको प्रमाणपत्र  « Khabarhub

साउदीका लागि नेपाली राजदूत सुवेदीले बुझाए ओहोदाको प्रमाणपत्र 



दोहा – साउदी अरबका लागि नवनियुक्त नेपाली राजदूत नवराज सुवेदीले बिहीबार बेलुका साउदी विदेश मन्त्रालयका शिष्टाचार मामिलासम्बन्धी उप-मन्त्री खालिद फैसल अल-सेहलीलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

साउदी प्रचलन अनुसार विदेश मन्त्री राजकुमार फैसल बिन फरहान अल साउदको तर्फबाट शिष्टाचार मामिलासम्बन्धी उप-मन्त्री खालिद फैसलले राजदूत सुवेदीको ओहोदाको प्रमाणपत्र बुझेको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

सो अवसरमा राजदूत सुवेदी र उप-मन्त्री खालिद फैसलबीच नेपाल र साउदी अरबबीच रहिआएको सुमधुर सम्बन्धका विविध पक्षहरूका सम्बन्धमा कुराकानी भएको बताइएको छ ।

नव नियुक्त राजदूत सुवेदी बुधबार बिहान हिमालय एयरलाइन्सको उडानबाट राजधानी रियाद पुगेर अपराह्न नेपाली दूतावास रियादमा कार्यभार सम्हालेका थिए ।

दूतावासमा आयोजित कार्यक्रममा उनलाई कूटनीतिक तथा स्थानीय कर्मचारीहरूले स्वागत गरेका थिए । सो अवसरमा दूतावासको तर्फबाट नियोग उपप्रमुख दिलिप पौडेलले दूतावासको सेवा प्रवाहबारे जानकारी गराएका थिए ।

यसअघिका राजदूत महेन्द्र सिंह राजपूत कार्यकाल सकाएर नेपाल फर्किएपछि लामो समयदेखि साउदीमा नेपाली राजदूतविहीन थियो ।

नयाँ राजदूत साउदी अरब पुगेसँगै त्यहाँ कार्यरत हजारौँ नेपाली श्रमिकहरूले आफ्नो हितमा काम हुने अपेक्षा राखेका छन् ।

साउदीमा विभिन्न क्षेत्रमा गरी करिब चार लाख नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ७ : २० बजे

नारायणी किनारमा तीन मन्त्रालयका छुट्टाछुट्टै योजना

चितवन– नारायणी नदी किनारलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउन तीन मन्त्रालयले काम

‘प्रत्यक्षमा समस्या भए समानुपातिकबाट सहमति खोजिन्छ’

करिब दुई महिनादेखि छलफल गरे पनि अझैसम्म सत्ता गठबन्धन भित्र

कालीमाटीको माछा पसल र तरकारी बजारमा अनुगमन टोली (फोटो फिचर)

काठमाडौँ– काठमाडौँस्थित कालीमाटीको माछा पसल  र  तरकारी बजारमा काठमाडौं महानगरपालिकाका

सुकीका सल्लाहकारलाई तीन वर्षको जेल सजाय

यांगुन – म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीका पूर्व सल्लाहकार

फ्लेप्स युगको छायामा दुई स्टार

एलिसन फेलिक्स एथलेटिक्स जगतकी शीर्ष खेलाडी। सन् २००० देखि २०२१