जनैपूर्णिमा : दुधपोखरी कुण्डमा भक्तजनको घुइँचो  « Khabarhub

जनैपूर्णिमा : दुधपोखरी कुण्डमा भक्तजनको घुइँचो 


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – पर्यटकीय गन्तव्य दूधपोखरीमा जनैपूर्णिमाको अवसरमा नुहाउन आउने भक्तजनको घुइँचो लागेको छ ।

दूधपोखरीमा नुहाएर पुण्य कमाउने र मोक्ष प्राप्त हुने विश्वासका साथ सयौँ तीर्थयात्रीहरू दूधपोखरी कुण्ड नुहाउन पुगेका हुन् ।

दुधपोखरी गाउँपालिकामा पर्ने धार्मिक तथा पर्यटकीय महत्त्वको दूधपोखरी समुद्री सतहदेखि ४ हजार ३ सय मिटरको उचाइमा छ । मनास्लु र हिमालचुली हिमालको काखमा रहेको यो धार्मिक स्थलमा हरेक वर्ष जनैपूर्णिमामा भक्तजनहरूको घुइँचो लाग्ने गर्छ ।

हिमालको काखमा तीन चार दिनको कठिन यात्रापछि पुग्न सकिने दूधपोखरी धाम लमजुङको मात्र नभई देशकै पवित्र तीर्थस्थल मध्ये एक हो।  देवादि देव महादेवको वासस्थानको रूपमा परिचित यो कुण्डमा जनैपूर्णिमाका दिन नुहाए सम्पूर्ण पाप नष्ट भई मोक्ष प्राप्त हुने र पितृलाई तर्पण दिए पितृ ऋणबाट मुक्त भइने धार्मिक विश्वास रहँदै आएको छ ।

लमजुङ गोरखा, तनहुँ, कास्की, चितवन र काठमाडौँ देखिएका तीर्थालु भक्तजनहरू यस पोखरीमा नुहाउन पुग्ने गर्दछन् । यस पोखरीमा गएर नुहाउनेलाई भारतको काशी जान नपर्ने जनविश्वास रहेको सर्वोदय ज्येष्ठ नागरिक सेवा आश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलिया बताउँछन् ।

लमजुङ र गोरखाको सिमानाको रूपमा बगेको चेपे नदीको मुहान दुधपोखरीले ऐतिहासिक धार्मिक तथा पर्यटकीय महत्त्वलाई बोकेको छ । तर यसको संरक्षणमा भने कुनै पनि निकायले चासो नदिएको  दुधपोखरीका स्थानीय गोविन्द दवाडी बताउँछन् ।

पर्यटकीय महत्त्व बोकेको दुधपोखरीका संरक्षणसँगै प्रचारप्रसार गर्न सकेमा लमजुङ जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने पर्यटन व्यवसायी रामकुमार श्रेष्ठ बताउँछन्।

उच्च हिमाली क्षेत्रमा पर्ने र मानव बस्तीबाट निकै टाढा रहेको दूधपोखरीको यात्रा कठिन भए पनि मनोरम प्राकृतिक दृश्यावलोकन गर्दै जाँदा प्राकृतिक सुन्दरताले बाटो कटेको पत्तै नहुने दुधपोखरीको यात्रा गर्नेहरूको भनाई छ । धेरै उचाइमा रहेकाले त्यहाँ लेक लाग्ने समस्या हुन्छ भने मोटोपन, स्वास्थ्य समस्या भएका व्यक्ति, वृद्ध र बालकहरूका लागि दुधपोखरी यात्रा कठिन हुने स्थानीयहरू बताउँछन् ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ९ : ११ बजे

किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी

ढोरपाटन– ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन्

चालीस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री-वितरण नगर्न विभागको निर्देशन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य

निर्वाचन आउन ५५ दिन बाँकी : १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौं– निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २५ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २५ गते शुक्रबार तदनुसार