जनैपूर्णिमा : दुधपोखरी कुण्डमा भक्तजनको घुइँचो  « Khabarhub

जनैपूर्णिमा : दुधपोखरी कुण्डमा भक्तजनको घुइँचो 


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – पर्यटकीय गन्तव्य दूधपोखरीमा जनैपूर्णिमाको अवसरमा नुहाउन आउने भक्तजनको घुइँचो लागेको छ ।

दूधपोखरीमा नुहाएर पुण्य कमाउने र मोक्ष प्राप्त हुने विश्वासका साथ सयौँ तीर्थयात्रीहरू दूधपोखरी कुण्ड नुहाउन पुगेका हुन् ।

दुधपोखरी गाउँपालिकामा पर्ने धार्मिक तथा पर्यटकीय महत्त्वको दूधपोखरी समुद्री सतहदेखि ४ हजार ३ सय मिटरको उचाइमा छ । मनास्लु र हिमालचुली हिमालको काखमा रहेको यो धार्मिक स्थलमा हरेक वर्ष जनैपूर्णिमामा भक्तजनहरूको घुइँचो लाग्ने गर्छ ।

हिमालको काखमा तीन चार दिनको कठिन यात्रापछि पुग्न सकिने दूधपोखरी धाम लमजुङको मात्र नभई देशकै पवित्र तीर्थस्थल मध्ये एक हो।  देवादि देव महादेवको वासस्थानको रूपमा परिचित यो कुण्डमा जनैपूर्णिमाका दिन नुहाए सम्पूर्ण पाप नष्ट भई मोक्ष प्राप्त हुने र पितृलाई तर्पण दिए पितृ ऋणबाट मुक्त भइने धार्मिक विश्वास रहँदै आएको छ ।

लमजुङ गोरखा, तनहुँ, कास्की, चितवन र काठमाडौँ देखिएका तीर्थालु भक्तजनहरू यस पोखरीमा नुहाउन पुग्ने गर्दछन् । यस पोखरीमा गएर नुहाउनेलाई भारतको काशी जान नपर्ने जनविश्वास रहेको सर्वोदय ज्येष्ठ नागरिक सेवा आश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलिया बताउँछन् ।

लमजुङ र गोरखाको सिमानाको रूपमा बगेको चेपे नदीको मुहान दुधपोखरीले ऐतिहासिक धार्मिक तथा पर्यटकीय महत्त्वलाई बोकेको छ । तर यसको संरक्षणमा भने कुनै पनि निकायले चासो नदिएको  दुधपोखरीका स्थानीय गोविन्द दवाडी बताउँछन् ।

पर्यटकीय महत्त्व बोकेको दुधपोखरीका संरक्षणसँगै प्रचारप्रसार गर्न सकेमा लमजुङ जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने पर्यटन व्यवसायी रामकुमार श्रेष्ठ बताउँछन्।

उच्च हिमाली क्षेत्रमा पर्ने र मानव बस्तीबाट निकै टाढा रहेको दूधपोखरीको यात्रा कठिन भए पनि मनोरम प्राकृतिक दृश्यावलोकन गर्दै जाँदा प्राकृतिक सुन्दरताले बाटो कटेको पत्तै नहुने दुधपोखरीको यात्रा गर्नेहरूको भनाई छ । धेरै उचाइमा रहेकाले त्यहाँ लेक लाग्ने समस्या हुन्छ भने मोटोपन, स्वास्थ्य समस्या भएका व्यक्ति, वृद्ध र बालकहरूका लागि दुधपोखरी यात्रा कठिन हुने स्थानीयहरू बताउँछन् ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ९ : ११ बजे

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको