क्वाँटी वर्षमा एक दिन होइन, सँधै खानुपर्छ « Khabarhub

क्वाँटी खाने दिन

क्वाँटी वर्षमा एक दिन होइन, सँधै खानुपर्छ

‘बालबालिकालाई कुपोषणबाट बचाउन क्वाँटी खुवाउनुपर्छ’


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनैपूर्णिमाको एक दिन क्वाँटी खाने गर्छौं । वर्षमा एक दिन मात्र कुनै खानेकुरा खाएर त्यसबाट पाइने फाइदा लिन सकिंदैन । वर्षमा एक दिन मात्र क्वाँटी खाएर त्यसबाट पाइने पौष्टिक तत्व पाउन पनि सकिंदैन ।

टुसा उमारिएको गेडागुडी होस् वा तिलको लड्डु । समय समयमा खाइरहनुपर्छ । अनि मात्र यसबाट स्वास्थ्यलाभ पाउन सकिन्छ । धेरै प्रकारका गेडागुडीलाई मिसाई त्यसलाई भिजाएर राखिन्छ । टुसा उम्रेपछि त्यसलाई क्वाँटी बनाइन्छ । क्वाँटी पोषणको हिसाबले पनि धेरै फाइदाजनक हुने पोषणविद् उमा कोइराला बताउँछिन् ।

शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न विभिन्न पोषक तत्वको आवश्यकता पर्छ । त्यसैले हाम्रो शरीरका लागि सन्तुलित आहारको आवश्यकता पर्छ। गेडागुडीलाई भिजाएर टुसा उमारेर खाँदा त्यसमा भएको पोषक तत्व सजिलै प्राप्त गर्न सकिन्छ ।

भिजाएर टुसा उम्रिएको गेडागुडी नपकाई काँचै पनि खान सकिन्छ । गेडागुडीलाई भिजाएर तथा टुसा उमारेर खाँदा त्यसमा भएको पोषक तत्व झन् धेरै बढ्छ । गेडागुडी प्रोटिनको राम्रो स्रोत हो । आइरन, क्याल्सियम, भिटामिन र मिनरल्स पनि यसमा प्रशस्त मात्रामा हुन्छ ।

अहिले क्वाँटी खानु स्वास्थ्यको लागि झन् धेरै महत्त्वपूर्ण छ । हामीले खाने खानामा फाइबरको मात्रा एकदमै कम हुन्छ, जुन गेडागुडीबाट प्राप्त गर्न सकिन्छ ।

बोक्रा नफालिएको गेडागुडीमा धेरै मात्रामा फाइबर हुन्छ । जसको सेवनले मोटोपन घट्ने, मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल कम गर्न पनि सहयोग गर्ने कोइरालाको भनाई छ । यसले कब्जियत र पायल्स जस्ता समस्या कम गर्न पनि यो लाभदायक हुन्छ ।

कति मात्रामा खाने ?
क्वाँटीबाट प्रोटिन मिल्छ भनेर वा मिठो लागेको भरमा धेरै मात्रामा खानु हुँदैन । किनभने जब शरीरमा प्रोटिनको मात्रा बढ्छ । युरिक एसिड बढ्ने डर हुन्छ ।

यसको भार मिर्गौंलामा पर्न सक्छ । अत्याधिक वा अनियन्त्रित क्वाँटी खाँदा त्यसले मिर्गौलालाई असर गर्छ । त्यसैले जसलाई यस्ता रोग लागेको उनीहरुले थोरै मात्रामा खानुपर्छ ।

क्वाँटी खानुको फाइदा

बालबालिकाको वृद्धि विकासमा सहयोग गर्नाको साथै कुपोषणबाट बचाउँछ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

स्मरणशक्ति वृद्धि तथा मानसिक स्वास्थ्यमा सुधार ।

तत्काल आवश्यक उर्जा प्राप्त हुन्छ ।

मांसपेशीको मर्मत संभारमा सहयोग गर्छ ।

रक्तसंचार र स्नायु प्रणालीमा फाइदा पुग्छ ।

कब्जियत हटाउनुका साथै पाचनशक्तिमा सुधार गर्छ ।

मधुमेह तथा पायल्स भएकालाई फाइदाजनक मानिन्छ ।

उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।

कोलेस्टेरोल नियन्त्रण गर्न सहयोग गर्छ ।

शारीरिक र मानसिक स्वास्थ्यमा सुधार गर्छ ।

पौष्टिक तत्व प्रयाप्त मात्रामा पाइने भएकाले सौन्दर्यमा पनि निखार ल्याउँछ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १० : ०० बजे

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम