जिम्बाव्वेविरूद्ध भारतको कप्तानी राहुलले सम्हाल्ने | Khabarhub Khabarhub

जिम्बाव्वेविरूद्ध भारतको कप्तानी राहुलले सम्हाल्ने


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतले जिम्बाब्वेविरुद्धको तीन एक दिवसीय शृंखलाका लागि केएल राहुललाई कप्तानीको जिम्मेवारी दिएको छ ।

कोभिड १९ संक्रमित भएपछि वेस्ट इन्डिजको भ्रमण गुमाए राहुल जिम्बाव्वेबिरुद्द उपलब्ध हुने भएका थिए ।

राहुलले दोस्रो पटक भारतीय टोलीको कप्तानी सम्हाल्न लागेका हुन् । राहुल कप्तान रहँदा टोलीको उपकप्तानमा भने ओपनर शिखर धवन रहनेछन् ।

यसै वर्ष दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय शृंखला ३-० ले गुमाउँदा राहुलले भारतको कप्तानी सम्हालेका थिए । राहुलले  इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ पछि कुनै पनि प्रतिस्पर्धात्मक खेल खेलेका छैनन् ।

राहुलले सन् २०१६ मा जिम्बाब्वेविरुद्ध आफ्नो खेलजीवनको पहिलो शतक पूरा गरेका थिए ।उनले एक दिवसीय क्रिकेटमा अहिलेसम्म पाँच पटक शतक प्रहार गरिसकेका छन् ।

तीन एक दिवसीय खेलको शृंखलाअन्तर्गतको पहिलो खेल अगस्ट १८ मा हरारेमा हुनेछ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ११ : ०१ बजे

कोशीका गोठ रित्तै !

चतरा (सुनसरी) – समयान्तर विश्लेषण गर्नुपर्दा एउटा आहान कोशी किनाराका

आन्तरिक पर्यटकको रोजाइमा दाङको कुलपानी हरित उद्यान

दाङ– दाङको गढवा गाउँपालिका– १ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क)

वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्पले गरे सेनाको प्रशंसा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले इरानमा भएको आक्रमणका

काभ्रेको पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन

काभ्रे– काभ्रेको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा