लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने « Khabarhub

लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने भएको छ । जर्मन सरकारको आर्थिक सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सौर्य ऊर्जा उत्पादन गर्न लागेको हो ।

सौर्य ऊर्जा उत्पादनका निम्ति प्रारम्भिक काम सुरु भइसकेको छ । हाल कन्सलटेन्टसँग सम्झौताको तयारी भएको र आगामी पुस मसान्तसम्म सबै काम सम्पन्न गरी विद्युत् उत्पादन गरिने आयोजना प्रमुख प्रकाश साउदले बताए । उत्पादित सौर्य ऊर्जालाई मध्य मर्स्याङ्दी मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

सौर्य ऊर्जाबाट उत्पादित दुई मेगावाट डिसी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिँदा १ दशमलव ६ मेगावाट हुने आयोजनाले जनाएको छ । सौर्य ऊर्जाबाट विद्युत् उत्पादन भएसँगै जिल्लाबासी र राष्ट्रिय विद्युत् वितरणमै ठूलो राहत पुग्ने आयोजनाको विश्वास छ ।

सौर्य विद्युत् उत्पादनका निम्ति जर्मन सरकारले जर्मनी बैंक केफए डब्लूमार्फत नेपाल विद्युत् प्राधिकरणलाई आर्थिक सहयोग गर्ने भएको हो । हाल विद्युत् उत्पादन हुँदै आएको ७० मेगावाट मध्य मर्स्याङ्दी जलविद्युत् आयोजना पनि जर्मन सरकारकै सहयोगमा निर्माण भएको हो ।

बेसीसहर नगरपालिका–११ अन्तर्गत मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाको स्वामित्वमा रहेको जग्गामा सोलार प्लेट राखी ऊर्जा उत्पादन गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

सौर्य ऊर्जा उत्पादनका लागि जलविद्युत् आयोजनाको स्वामित्वमा रहेको १८ हजार दुई सय १३ वर्ग किलोमिटर जमिन प्रयोगमा ल्याइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १ : २२ बजे

स्थायी व्यवस्थापन नभए पुरानै बासस्थानमा फर्किने सुकुम्वासीहरूको चेतावनी

काठमाडौं – होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले

तनहुँका स्थानीय तहद्वारा सात अर्ब ७८ करोडको बजेट प्रस्तुत

दमौली– तनहुँका दश वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब