लुम्बिनीमा सत्ता गठबन्धनलाई मजबुद बनाउन दलहरू सहमत  « Khabarhub

लुम्बिनीमा सत्ता गठबन्धनलाई मजबुद बनाउन दलहरू सहमत 


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धनलाई अझै मजबुद बनाउन पाँच दलीय गठबन्धन दल सहमत भएका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यालय बुटवलको तामनगरमा आज बसेको सत्ता साझेदार दलको बैठकले आगामी निर्वाचनमा साझा उम्मेदवार तयार गर्नका लागि आ–आफ्नो पार्टीका तर्फबाट विस्तृत रिपोर्ट तयार गरी छलफल गर्ने निर्णय गरेको हो ।

बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै विभिन्न कमी कमजोरीका बाबजुद गठबन्धन सफल भएको निष्कर्ष पनि निकालेको नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए । स्थानीय तह निर्वाचनको सन्दर्भमा निर्माण गरिएको प्रदेश र जिल्ला तहको संयुक्त संयन्त्र पुनः क्रियाशील बनाइ बैठक र अन्तरक्रिया अगाडि बढाउने निर्णय पनि आजको सो बैठकमा गरिएको छ ।

गठबन्धन दलको केन्द्रबाट आउने निर्णय र निर्देशनलाई कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा नेपाली कांग्रेसका प्रदेश सभापति पुनसहित नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, नेकपा समाजवादीका प्रदेश सचिव राजु गुरुङ, जसपाका प्रदेश अध्यक्ष अशोक यादव सहभागी भएका थिए । बैठकमा राष्ट्रिय जनमोर्चा भने सहभागी थिएन ।

सरकारले आगामी मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेपछि प्रदेशमा सत्ता गठबन्धन सहितका विभिन्न दल तयारीमा जुटेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  २ : ०६ बजे

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय

८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक

कर्णाली दुर्घटना अपडेट : ६ गोताखोरको टोलीले खोज्दा पनि भेटिएन् गाडी

कर्णाली – कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

ललितपुर – वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि