शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न राज्यका सबै निकाय प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री « Khabarhub

शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न राज्यका सबै निकाय प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा युवा वर्गमा रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न राज्यका सबै निकाय प्रतिबद्ध हुनुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारी तहबाट युवा केन्द्रित गतिविधिहरूको कार्य योजना निर्माण तथा कार्य सम्पादन कार्यभार रहेको युवा परिषद्ले पाएको भन्दै शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न राज्यका सबै निकाय प्रतिबद्ध हुनुपर्ने बताएका हुन्।

उनले युवा उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवर्द्धन विकास निर्माणमा युवा सहभागितालाई बढाउनुपर्ने धारणा राखे। त्यस्तै उनले युवालाई जीवन उपयोगी सीप र सिकाइ स्वदेशमा नै सहज रूपमा जीविकोपार्जन गर्न सक्ने बनाउन खाँचो रहेको बताए। सरकारले उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवर्द्धनमा विभिन्न क्षेत्रमा काम गर्दै आएको र यसलाई प्रभावकारी बनाइने उनको भनाइ छ ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले देशलाई विकास र समृद्धिको बाटोमा अघि बढाउने कार्यभार युवाहरूमा रहेको बताए । उनले देशलाई विश्वको समृद्ध राष्ट्रको देशमा रूपान्तरण गर्नुपर्ने आजको आवश्यकता रहेको र यसका लागि मुलुकको स्रोत र साधनको अधिकतम उपयोग गर्नुपर्ने उल्लेख गरे।

अन्तर पुस्ताको ऐक्यबद्धता:सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता भन्ने नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको हो । युवाका मुद्दा र सवाललाई सम्बोधन गर्ने उद्देश्यले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउने गरिन्छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ३ : १२ बजे

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको