एफबीआईको कार्यालयमा जबरजस्ती प्रवेश गर्न खोज्ने हतियारधारी सुरक्षा कारवाहीमा मारिए | Khabarhub Khabarhub

एफबीआईको कार्यालयमा जबरजस्ती प्रवेश गर्न खोज्ने हतियारधारी सुरक्षा कारवाहीमा मारिए


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरस्थित सङ्घीय अनुसन्धान ब्युरो (एफबिआई) को कार्यालयमा प्रवेश गर्न खोज्ने एक जना हतियारधारीको कानुन कार्यान्वयन निकायका अधिकारीहरूसँगको झडमा मृत्यु भएको छ ।

बिहीबार हतियार बोकेका एकजनाले एफबिआईको कार्यालयमा जबरजस्ती पस्ने प्रयास गरेका थिए । ती हतियारधारीले कार्यालय प्रवेश पूर्वको सुरक्षा प्रक्रिया उल्लङ्घन गरेपछि केहीबेर भनाभन भएको थियो ।

सुरक्षा अधिकारीहरूले सम्झाउने प्रयास गर्दा ती हतियारधारीले गोली चलाएपछि जवाफी कारबाहीमा उनको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलमा नै ती हतियारधारी सन्दिग्धको ज्यान गएको ओहायोको प्रहरीले जनाएको छ ।

कानुन कार्यान्वयन इकाइका अधिकारीहरूले ती सन्दिग्धलाई छलफल तथा कम घातक रणनीति अख्तियार गरेर नियन्त्रणमा लिने प्रयास गरेपनि उनी त्यहाँबाट भागेको र पुनः पक्राउको प्रयास गर्दा गोली प्रहार गरेकाले सुरक्षाकर्मीहरूको जवाफी कारबाहीमा उनी मारिएको प्रहरीको भनाइ छ ।

एफबिआईको कार्यालयमा हतियारसहित प्रवेश गर्ने उनकोको प्रयास, त्यसको मनसाय र उद्देश्य के थियो भन्ने स्पष्ट भएको छैन ।

अधिकारीहरूले यसबारे अनुसन्धान गरिरहेको जनाएका छन् । पूर्व राष्ट्रपति डोेनाल्ड ट्रम्पको फ्लोरिडा राज्यस्थित पाम बिचमा रहेको निजी निवासमा एफबिआईले छापा मारेको केही दिनपछि घटना भएको हो ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ३ : २६ बजे

कृषिमा पकेट क्षेत्र तोकिएसँगै तिलोत्तमाका कृषक लाभान्वित

तिलोत्तमा– तिलोत्तमा-१४ का कृषक नरिश्वर सापकोटा पहिले करिब पाँच बिघामा

मनसुनजन्य विपदबाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

दमौली– मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक

हिमनदी पग्लिँदै गए हुनसक्छ ठुलो ज्वालामुखी विस्फोट : अध्ययन

काठमाडौं– विश्वभरका हिमनदी पग्लिएपछि ज्वालामुखी विस्फोटको डर बढ्दै गएको छ

त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेसलिष्ट पारित

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा

सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया र ग्रीस पठाइदिन्छु रकम