एफबीआईको कार्यालयमा जबरजस्ती प्रवेश गर्न खोज्ने हतियारधारी सुरक्षा कारवाहीमा मारिए « Khabarhub

एफबीआईको कार्यालयमा जबरजस्ती प्रवेश गर्न खोज्ने हतियारधारी सुरक्षा कारवाहीमा मारिए


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरस्थित सङ्घीय अनुसन्धान ब्युरो (एफबिआई) को कार्यालयमा प्रवेश गर्न खोज्ने एक जना हतियारधारीको कानुन कार्यान्वयन निकायका अधिकारीहरूसँगको झडमा मृत्यु भएको छ ।

बिहीबार हतियार बोकेका एकजनाले एफबिआईको कार्यालयमा जबरजस्ती पस्ने प्रयास गरेका थिए । ती हतियारधारीले कार्यालय प्रवेश पूर्वको सुरक्षा प्रक्रिया उल्लङ्घन गरेपछि केहीबेर भनाभन भएको थियो ।

सुरक्षा अधिकारीहरूले सम्झाउने प्रयास गर्दा ती हतियारधारीले गोली चलाएपछि जवाफी कारबाहीमा उनको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलमा नै ती हतियारधारी सन्दिग्धको ज्यान गएको ओहायोको प्रहरीले जनाएको छ ।

कानुन कार्यान्वयन इकाइका अधिकारीहरूले ती सन्दिग्धलाई छलफल तथा कम घातक रणनीति अख्तियार गरेर नियन्त्रणमा लिने प्रयास गरेपनि उनी त्यहाँबाट भागेको र पुनः पक्राउको प्रयास गर्दा गोली प्रहार गरेकाले सुरक्षाकर्मीहरूको जवाफी कारबाहीमा उनी मारिएको प्रहरीको भनाइ छ ।

एफबिआईको कार्यालयमा हतियारसहित प्रवेश गर्ने उनकोको प्रयास, त्यसको मनसाय र उद्देश्य के थियो भन्ने स्पष्ट भएको छैन ।

अधिकारीहरूले यसबारे अनुसन्धान गरिरहेको जनाएका छन् । पूर्व राष्ट्रपति डोेनाल्ड ट्रम्पको फ्लोरिडा राज्यस्थित पाम बिचमा रहेको निजी निवासमा एफबिआईले छापा मारेको केही दिनपछि घटना भएको हो ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ३ : २६ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा