नाइजेरियामा सेनाको कारवाहीमा २९ जनाको मृत्यु « Khabarhub

नाइजेरियामा सेनाको कारवाहीमा २९ जनाको मृत्यु


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक नाइजेरियाको सेनाले देशको उत्तरी क्षेत्रमा आतङ्ककारीविरुद्ध गरेको कारवाहीमा २९ जना लडाकुको मृत्यु भएको छ । केही दिनदेखिको सुरक्षा कारवाहीमा २९ जना मारिएको एवम् ५५ जनालाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

अतिवादीहरूको बाहुल्य रहेको उक्त क्षेत्रमा राष्ट्रिय सेनाले केही दिनदेखि सुरक्षा कारवाहीलाई निरन्तरता दिएको छ । कारवाहीका क्रममा ५५ जनालाई हतियारसहित पक्राउ गरिएको सैनिक प्रवक्ता बर्नार्ड ओनिएकुले पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिए ।

आतङ्ककारीको अपहरणमा परेका ५२ जनालाई अपहरणमुक्त गरिएको जानकारी दिँदै उनले अतिवादी समूह बोको हरामका सशस्त्र सदस्यले उनीहरूलाई बन्दी बनाएको बताए । सैनिक कारवाहीमा मारिएका र पक्राउ परेका सबै उक्त समूहका लडाका हुन् ।

देशको उत्तर एवम् उत्तरपूर्वी भागमा हिंसात्मक गतिविधि गर्दै आएको बोको हराम समूहविरुद्ध सेनाले सशक्त अभियान सञ्चालन गर्दै आएको बताइएको छ ।

सैनिक कारवाहीबीच उक्त समूहका केही सदस्यले सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण पनि गरेको नाइजेरियाली सुरक्षा अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ३ : ३१ बजे

विश्वकपको बेला दोहा कर्नेशमा सवारी साधन गुड्न नपाउने 

दोहा – आगामी  २० नोभेम्बरदेखि कतारमा सुरू हुने फिफा विश्वकपको

सन्दीप लामिछाने बिहान १० बजे काठमाडौँ आइपुग्ने

काठमाडौँ – नेपाली क्रिकेटर सन्दीप लामिछाने आज बिहान नेपाल आइपुग्दैछन्।

काठमाडौँमा झरी, कहाँ हुँदै छ भारी वर्षा?

काठमाडौँ – हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश,

यस्तो छ आज बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान् विष्णु र वृहस्पतिको बार, कसरी पूजा गर्ने?

काठमाडौँ- बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको