डुबेर तीन जनाको मृत्यु   « Khabarhub

डुबेर तीन जनाको मृत्यु  


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सप्तरी, पाल्पा र ताप्लेजुङमा डुबेर तीन जनाको मृत्यु भएको छ । सप्तरीको बोदेबर्साईन नगरपालिका–८ काचनस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने ६ वर्षीय नन्दनी कुमारी दासको बिहीबार मृत्यु भएको छ । 

नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको शत्रुधन अस्पताल बोदेबर्साईनमा उपचारको क्रममा मृत्यु भएको हो । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ साउनेस्थित डमराई पोखरीमा डुबेर सोही ठाउँ मामाघर आएका गुल्मी छत्रकोट गाउँपालिका–३ चोयघा घर भएका १४ वर्षीय मनोज रेस्मीको बिहीबार मृत्यु भएको छ । 

पोखरीमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।  ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिका–४ डुम्रिसेस्थित सिवानी हाइड्रो पावरको ड्याममा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २१ वर्षीय रोशन तामाङको बिहीबार दिउँसो मृत्यु भएको छ ।    

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ४ : २५ बजे

दुबई–तेल अभिभ उडानका घाइते भारतीय क्याप्टेनलाई मोदीले भने ‘नायक’

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुबई–तेल अभिभ उडानका क्रममा सह–पाइलटसँग विमानको

कांग्रेसले सरकारलाई भयो-  साना मुद्दामा अल्झिँदा विकासको सपना मृगतृष्णा बन्ने खतरा छ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले

दूरसञ्चार सेवाको गुणस्तरबारे प्राधिकरणसँग जानकारी माग

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान

दूध ट्याङ्कर दुर्घटनामा सहचालकको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक