इजरायली कारवाहीमा यो वर्षमात्रै ३७ प्यालेस्टाइनी बालबालिकाको मृत्यु « Khabarhub

इजरायली कारवाहीमा यो वर्षमात्रै ३७ प्यालेस्टाइनी बालबालिकाको मृत्यु


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायल अधिनस्थ प्यालेस्टाइनी क्षेत्रमा पछिल्ला भएका हिंसात्मक घटनाहरुमा यस वर्षको शुरुदेखि हालसम्म ३७ प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख उच्चायुक्त मिशेल बाचेलेटले एक विज्ञप्ति जारी गर्दै हिंसात्मक घटनामा प्यालस्टाइनी बालबालिकाको मृत्यु भएको बताएकी छिन् ।

‘द्वन्द्वको क्रममा कोही पनि बालबालिकालाई चोट पुग्ने विषय चिन्ताजनक रहेको र यसवर्ष धेरै बालबालिकाको हत्या एवम् अङ्गभङ्ग समेत पारिएको घटना अव्यावहारिक हो,’ ब्याचेलेटलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएको छ ।

गत हप्ता मात्रै इजरायल अधिनस्थ प्यालेस्टाइनमा १९ प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको थियो । यस वर्षको सुरुदेखि हालसम्म बालबालिकाको मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

गत साताको अन्त्यमा इजरायली सेनाले गाजामा गरेको आक्रमणमा १७ जना बालबालिकाको मृत्यु भएको थियो । मङ्गलबार अधिनस्थ वेस्ट बैंकमा इजरायली कारवाहीमा थप दुई बालबालिका मारिएका अल जजीराले जानकारी दिएको छ । प्यालेस्टाइनकै गाजामा इजरायली आक्रमणमा भारी सङ्ख्या सर्वसाधारण माएिका छन् ।

शुक्रबारदेखि आइतबारसम्मको तीन दिनको आक्रमणमा मारिएका ४८ प्यालेस्टाइनीहरूमध्ये कम्तीमा २२ जना सर्वसाधारण रहेका र ती मध्ये १७ बालबालिका र चार महिला भएका संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले पुष्टि गरेको छ ।

इजरायली आक्रमणमा १५१ बालबालिका, ५८ महिला र १९ वृद्धवृद्धासहित सर्वसाधारण नागरिक घाइते भएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ४ : ३७ बजे

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये