दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार बढीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि « Khabarhub

दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार बढीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार सात सय १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार सङ्क्रमितको सङ्ख्या केही घटेको पाइएको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार बिहीबार एक लाख ३७ हजार दुई सय ४१ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । दक्षिण कोरियामा ओमिक्रोनको उपप्रजाति द्रुत गतिमा फैलिएको बताइएको छ ।

दक्षिण कोरियामा पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसैगरी गम्भीर अवस्थामा बिरामीको सङ्ख्या पनि अघिल्लो दिनको तुलनामा ३५ ले बढेर चार सय ५३ पुगेको छ । सोही अवधिमा थप ८ जनाको मृत्यु भएसँगै महामारीमा परेर ज्यान गुमाउनेका सङ्ख्या २५ हजार चार सय ९९ पुगेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ५ : ०२ बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी वाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा