साकेलाका ४ कर्मचारीसहित पाँच जनालाई कोरोना संक्रमण « Khabarhub

साकेलाका ४ कर्मचारीसहित पाँच जनालाई कोरोना संक्रमण


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको साकेला गाउँपालिकाका चार कर्मचारी सहित पाँच जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । पुनः कोभिड–१९ को महामारी फैलिन थालेपछि पदाधिकारी, कर्मचारी र कार्यालय आसपासका स्थानीय गरी ४८ जनाको एन्टीजेन परीक्षण गर्दा चार कर्मचारी र एक जना घरबेटीलाई संक्रमण पुष्टि भएको हो ।

दैनिक नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवा प्रवाह गरिरहेका जनप्रतिनिधि र कर्मचारीको स्वास्थ्य अवस्था बारे जानकारी लिनका लागि एन्टीजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए ।

संक्रमितलाई होमआइसोलेसनमा राखिएको छ । कर्मचारीलाई संक्रमण देखिए पनि गाउँपालिकाको कार्यालयको सेवा भने रोकिएको छैन । सामाजिक दुरी कायम गरेर सेवा प्रवाहको व्यवस्था मिलाइएको अध्यक्ष राईले बताए । ‘कोभिड–१९ लागेको छ भनेर टेस्ट गरेको होइन । नागरिकसँग प्रत्यक्ष जोडिएका कर्मचारी र पदाधिकारीको स्वास्थ्य अवस्था बारेमा जानकारी दिएर स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न टेस्ट गरिएको हो,’ अध्यक्ष राईले भने, ‘सेवा प्रदान गर्ने पक्ष सुरक्षित भए मात्र नागरिक सुरक्षित हुन्छ । प्राप्त नतिजाका आधारमा नागरिकलाई संक्रमणबाट जोगाउने थप सुरक्षा अपनाउने छौँ ।’

खोटाङमा पुनः कोभिड–१९ को संक्रमण फैलिन थालेको छ । तर अन्य स्थानीय तहले एन्टीजेन परीक्षणमा भने चासो दिएका छैनन् ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ६ : ४० बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार