स्वस्थ्य मानिसलाई कमजोर बनाउने 'एन्जाइटी' | Khabarhub Khabarhub

स्वस्थ्य मानिसलाई कमजोर बनाउने ‘एन्जाइटी’



‘केही वर्ष अघिको घटना हो। मेरो एमबीबीएसको अन्तिम परीक्षा आएको थियो। परीक्षा देखेर कहिल्यै नडराउने म यो पटक धेरै डराएको थिए। धेरै डराएर परीक्षा दिन त गएँ। मलाई चक्कर लागेर आयो। त्यही एउटा सानो घटना। जसले मेरो मन झन् कमजोर बनाइदियो। मेरो मनमा बेचैनी हुन थाल्यो। मुटुको चाल बढेर आयो। कतै मलाई एन्जइटी त भएन ? भन्ने लाग्यो।

त्यस्तै भयो भने के होला ? यही प्रश्नले मेरो मन पोल्न थाल्यो। मेरो एन्जाइटीको सुरुवाती विन्दु त्यही नै थियो। मेरो मनमा नकारात्मक विचारले जरा गाड्न थाल्यो। हातखुट्टाबाट पसिना छुट्ने। टाउको भारी हुने, आँखा झुम्म हुने, दिमागले केही पनि सोच्न नसकेजस्तो हुने, म कहँ छु, के गर्दैछु जस्तो भान हुने भयो। बाहिरी संसारसँग कुनै मतलब नै नहुने जस्ता लक्षण देखापर्न थाले।आफैं डाक्टर बन्छु भनेर लागेको म अन्तिम अवस्थामा के भयो भन्ने लाग्यो।

केही दिन अघिसम्मको मेरो विन्दास जीवन एकाएक अन्धकार भएजस्तो लाग्न थाल्यो। आखिर यो कसरी भयो, के हुँदैछ आफैं कन्फयुज थिएँ म। लाउने खाने, घुम्ने इत्यादि कुरा फिक्का लाग्न थालेका थिए।

मेरो मन र दिमाग केवल आफैंमा मात्र केन्द्रित थियो। हरेक क्षण सोचिरहन्थ्यो कि मलाई किन यस्तो भइराखेको छ। मभित्र के यस्तो समस्या छ। अति नै छटपटी हुने र छाती दुख्ने, टाउको भारी हुने, खान मन नहुने, पेट दुख्ने जस्ता लक्षण एकै पटक देखापरेपछि म डाक्टरकहाँ जान तयार भएँ।’

यो एक डाक्टरको अनुभव हो। यस्तै समस्या अहिले धेरै जनाले भोगिरहनु परेको तथ्य विभिन्न अध्ययले देखाएका छन्। साधारण भाषामा भन्ने हो भने एन्जाइटी भनेको डर हो। अझ भविष्यमा केही होला कि भन्ने डर एन्जाइटी हो। मानिसलाई कुनै खतरा महसुस भयो भने शरीरले एक किसिमको प्रतिक्रिया देखाउँछ।

त्यतिबेला मन आत्तिनुका साथै डर लाग्न सक्छ। यस अवस्थालाई सामान्य मान्न सकिन्छ। तर, सामान्य अवस्थाभन्दा बढी र कुनै प्राकृतिक कारण विना नै डर लाग्छ। त्यसले हाम्रो दैनिक क्रियाकलापलाई असन्तुलिन बनाएको छ भने डिसअर्डरको रूप लिन सक्छ।

जसलाई एन्जाइटी डिसअर्डर भनिन्छ। एन्जाइटी हरेक मानवमा हुनुपर्ने अन्तरनिहित गुण हो। तर, जब यो गुण धेरै भइदिन्छ जीवन नै चलाउन कठिन हुन्छ। डाक्टरका अनुसार यो समस्या कुनै पनि उमेर समूहका मानिसलाई हुन सक्छ।

कोभिड–१९ को महामारी बढेसँगै मानसिक समस्या झन् बढेर गएको छ। एन्जाइटी डिसअर्डर सबैभन्दा धेरै देखिने मानसिक समस्या हो। कुनै तनावजन्य घटना भएपछि पिर चिन्ता लाग्नु सामान्य हो। तर, त्यहि पिर चिन्ताले गर्दा आफनो दैनिक जीवनमा असर पुर्याउने, व्यक्तिगत जीवनमा असर पुग्ने, शारीरीक स्वास्थ्यमा असर पुग्ने भयो भने एन्जाइटी डिसअर्डर बढ्दै जान्छ।

कसलाई बढी देखिन्छ समस्या ?
हरेक जीवित त व्यक्तिमा डर चिन्ता भइरहन्छ। कुनै व्यक्तिमा डर चिन्ता भएन भने उसको जीवननै खतरामा हुन्छ। केही घटना भएपछि हल्का डर चिन्ता हुनु सामान्य भएपनि धेरै मात्रामा देखिन लाग्यो, दिन प्रतिदिन बढ्दै जानु राम्रो होइन।

एन्जाइटी डिसअर्डर बालबालिका, वयस्कदेखि वृद्धवृद्धामा समेत हुने गरेको छ। पुरुष भन्दा महिलामा यो समस्या बढी देखिने गरेको पाइन्छ। यो कुनै उमेर समूहमा बढी हुन्छ भन्ने छैन।

व्यक्ति अनुसार फरक पर्छ, एन्जाइटी
मानसिक रोग विशेषज्ञ डा. केदार मरहठ्ठाका अनुसार मेडिकल भाषामा एन्जाइटी डिसअर्डर भन्ने एउटा वर्ग छ। त्यहाँ धेरै डायग्नोसिस हुन्छ। एन्जाइटी डिसअर्डर पनि फरक खालका छन।

कतिपयलाई जुन समयमा पनि छट्पटि हुने, मन आत्तिरहने, डर लागिरहने, तर्सिने, आफनो कामदेखि आत्तिने खालको समस्या देखिनु जेनेरलाइज्ड एन्जाइटी डिसअर्डर हो।

थोरै समयको लागि एक्कासी डर धेरै लाग्ने, मरिहाल्छु जस्तो लाग्ने। हार्टअट्याक हुन्छ जस्तो लाग्ने, दिशा पिसाब आउला जस्तो हुने र केही समयपछि आफै ठिक हुने हुन्छ भने यो समस्या प्यानीक डिसअर्डर हो।

अर्को कुनै महामारीपछि आउने डिसअर्डर पोस्ट ड्रमाटिक डिसअर्डर हो। यसमा आघातजन्य घटना घटेर जस्तै, भुइँचालो, कोरोना आएपछि आत्तिने समस्या हुन्छ। जीवनमा ठुलो समस्या देखा परेपछि यो समस्या उत्पन्न हुन्छ।

निद्रा नलाग्ने, बारम्बार तर्सिने, डरलाग्दो सपना देख्ने पोष्ट ट्रमाटिक डिसअर्डर हो। घटना घटेपछि केही समय आत्तिने र विस्तारै निको हुने समस्यालाई हामी एक्युट एन्जाइटी डिसअर्डर भनिन्छ। व्यक्ति अनुसार एन्जाइटी डिसअर्डर पनि फरक फरक हुनेगर्छ।

देखा पर्ने लक्षण
डाक्टरका अनुसार सामान्यतया डराउने, आत्तिने, मुटु ढुकढुक हुने, काम्ने, श्वास फेर्न गाह्रो हुने, छिनछिनमै पिसाब लाग्ने समस्या एन्जाइटीको हो।

सुत्न गाह्रो हुने समस्या देखिएमा एन्जाइटी डिसअर्डर भएको बुझ्नुपर्छ। शारीरीक स्वास्थ्यमा असर पुग्ने, काममा असर हुने, परिवार, छिमेकीसँग झगडा हुने भयो भने एन्जाइटी समस्या भएको हुनसक्छ। हामीले रोगलाई नलुकाइ अस्पताल गएर उपचार गरिनुपर्छ।

उपचारको प्रक्रिया
आफूलाई कुनै लक्षण देखिन साथ अस्पताल गएर उपचार गराउनुपर्छ। आफूलाई भएको सबै समस्या चिकित्सकलाई बताएपछि परामर्शसँगै औषधि दिइन्छ।

बिरामीलाई अरु कुनै रोगले समस्या आएको हो कि जाँच गरेर मात्र औषधि दिने गरिन्छ। परामर्श र औषधि दुवै गर्दै गयो भने बिरामी पहिलेकै अवस्थामा निको हुन्छ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ७ : ०७ बजे

‘अग्निदहन’का धामी माओत्से भन्छन्– बुवा पनि झारफुक गर्नुहुन्थ्यो

काठमाडौं- कलाकार माओत्से गुरुङ अभिनित फिल्म ‘अग्निदहन’ मंसिर ७ गतेबाट प्रदर्शनमा

उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना

काठमाडौं– आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आज ३८ वटा निर्वाचन

दलहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्छ : अध्यक्ष डा राउत

झापा– जनमत पार्टीका अध्यक्ष डा सीके राउतले राजनीतिक शक्तिहरू केन्द्रीकृत

यी हुन् उपनिर्वाचनका लागि कोशी प्रदेशमा कांग्रेसका उम्मेदवार 

काठमाडौं– नेपाली कांग्रेसले मंसिर १६ मा हुन लागेको स्थानीय तह

‘नेपाललाई आगामी दिनमा पनि सहयोग गर्न जर्मन सरकार तयार छ’

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि