सामान्य लयमा फर्किदै युक्रेनको फुटबल | Khabarhub Khabarhub

सामान्य लयमा फर्किदै युक्रेनको फुटबल


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुसले आक्रमण गरे यता पहिलो पटक युक्रेनका सबै फुटबल स्टार मैदानमा उत्रने भएका छन्। युक्रेनको घरेलु लिग सुरु भइसकेको छ। लिगको पहिलो खेलमा साख्तर डोन्सटक र मेटालिस्ट १९२५ बीच बराबरी भयो। ७० हजार दर्शक क्षमता भए पनि रुसी आक्रमणको भयलाई मध्यनजर गर्दै खाली रङ्गशालामा खेल गराइएको थियो। हवाई आक्रमण र बमवारीबाट बच्न अन्य सुरक्षा प्रबन्धसहित खेल सञ्चालन भएको हो।

‘यो विशेष खालको खेल हो। युद्धको समयमा र बमवारीको समयमा यस्तो हुने गर्छ’, युक्रेनी फुटबल एसोसिएसनका प्रमुख आन्द्रे पाभेल्कोले भने। पाभेल्कोले युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकी र युद्धमा नेतृत्व गरिरहेका धेरैले फुटबललाई फेरि फर्काउन प्रेरित गरेको बताए। उद्घाटन खेलको रिपोर्टिङ गर्न त्यहाँ पुगेका सञ्चारकर्मी आन्द्रेस टोड अस्वाभाविक र शान्त वातावरणमा खेल भएको बताउँछन्। कोभिड १९ को महामारीको भएको खेल भन्दा पनि अहिलेको वातावरण शान्त रहेको उनको अनुभव छ।

युक्रेनमा फुटबल बन्द रहँदा पनि त्यहाँ रहेका फुटबल खेलाडीले यूरोपमा गएर च्यारिटी खेल खेलेका थिए। युरोपेली प्रतियोगिताको छनोट चरणका खेल पनि यसै साता सुरु भएका छन्।

उनको विचारमा नयाँ सिजन सुरु भएको सङ्केत गराउनु पनि धेरै महत्त्वपूर्ण हो। ‘युक्रेन फुटबल लिग सुरु हुनु भनेको युक्रेनी जनताको आफ्नो जिन्दगी फेरि सुरु हुँदै छ भन्ने सङ्केत गर्नु हो,’ उनले भने।

उनको विचारमा बमवारी बीचमा फुटबलको समाचारले ध्यान मोडिने र मान्छे डरबाट केही समय भए पनि मुक्त हुनसक्ने छन्। युक्रेनले खाली रङ्गशालामा खेल गराइरहेको छ भने युद्धमा संलग्न अर्को देशको अवस्था त्यस्तो छैन। त्यहाँ मिसाइल र बम आक्रमणको डर छैन।

युक्रेनका फुटबल सुपर स्टार आन्द्रे सेभचेन्को पनि देशलाई एकत्रित गराउन फुटबलको भूमिका महत्त्वपूर्ण भएको बताउँछन्। ‘संसार भरलाई युक्रेन अझै छ भन्ने सन्देश दिनका लागि पनि यो आवश्यक छ,’ सेभचेन्कोले भने, ‘हामी युद्धमा भए पनि त्योसँग मुकाबिला गर्दै हामी त्यो सबै सामना गर्न तयार भएका छौं। किनकी हामी पनि अन्य देशको नागरिक झैँ जीवन बिताउन चाहन्छौं।’

युक्रेनमा फुटबल बन्द रहँदा पनि त्यहाँ रहेका फुटबल खेलाडीले यूरोपमा गएर च्यारिटी खेल खेलेका थिए। युरोपेली प्रतियोगिताको छनोट चरणका खेल पनि यसै साता सुरु भएका छन्। युक्रेनका डाइनामो किभ, एसपी डिनिप्रो, जोर्या लुहान्सक र भोर्सका फोल्टाभाले त्यसमा सहभागिता जनाइरहेका छन्।

६ महिना अघि रुसले युक्रेनमा आक्रमण गरेपछि फुटबल ठप्प भएको थियो। बुधबार युक्रेनको स्वतन्त्रता दिवसको एक दिन अगाडि त्यो खेल भएको थियो। खार्किभ र किभमा स्वतन्त्रता दिवसको कुनै समारोह मनाउन बन्देज लगाइएको छ। खेलाडीहरू मैदानमा प्रवेश गरेपछि उनीहरू विगतको भन्दा फरक अवस्थामा मैदानमा प्रवेश गरेका छन्।

धेरै टोलीको आन्तरिक संरचनामा पनि फरक भएको छ। देशको सबैभन्दा सफल क्लब साख्तरमा धेरै ब्राजिलियन खेलाडी थिए। रुसले आक्रमण गरेपछि ती धेरैले अर्को क्लब रोजेका छन्।

त्यहाँ कतै साइरन र बमको सङ्केत भएमा तत्काल सबै जना सेल्टरमा लुक्ने व्यवस्था छन्। सबै खुला भएको निश्चित नभएसम्म उनीहरूलाई सेल्टर भित्रमा नै रहन सन्देश गरिएको छ। सेनाहरू रङ्गशालामा तैनाथ रहने छन्। बमवारीको समय घण्टा भन्दा लामो समय लागे उनीहरूले नै खेल स्थगन गर्न सूचित गर्ने छन्।

साख्तर डोन्सटकका मिडफिल्डर टारास स्टेपानेको लामो समयपछि मैदानमा आउँदा कतै मांसपेशीको चोट त बल्झिने होइन भन्ने चिन्तामा अलमलिएका छन्। ‘एक घण्टा बढी समय रोकिँदा त प्रशिक्षणको शैली र खेल शैली नै फरक हुन्छ’, स्टेपानेकोले भने।

फुटबल सङ्घका अध्यक्ष पाभेल्कोले दिएको जानकारी अनुसार सिजनको सुरुवाती केही खेल किभको वरपर हुने छन्। लिगको संरचनामा केही परिवर्तन भएको छ। गत सिजन प्रिमियर लिगमा रहेका डेस्ना चेरिभिभ र एफसी मारिओपुल दुवै यस सिजनको प्रिमियर लिगमा खेल्ने छैनन्। रङ्गशाला ध्वस्त भएका कारण यी दुवै टोली सहभागी नहुने भएका हुन्।

खेलकुदमै पनि युक्रेनले धेरै क्षति सहेको छ। युद्ध जारी रहेकै समयमा भएको वेल्ससँगको छनोट चरणको खेलमा पराजित भए पछि युक्रेनले सन् २०२२ को दोहा विश्वकपमा सहभागिताको अवसर पनि गुमाएको छ।

धेरै टोलीको आन्तरिक संरचनामा पनि फरक भएको छ। देशको सबैभन्दा सफल क्लब साख्तरमा धेरै ब्राजिलियन खेलाडी थिए। रुसले आक्रमण गरेपछि ती धेरैले अर्को क्लब रोजेका छन्। क्लबका मुख्य प्रशिक्षक इगोर जोभिसेभिकले टोलीको संरचनालाई फेरि तयार गर्ने जनाएका छन्।‘लामो समय ब्राजिलियन डोन्सटकको रूपमा क्लब रहेको थियो। अब हामीले ती सबै बिर्सँदै नयाँ संरचना तयार गर्नुपर्छ,’ जोभिसेभिकले भने।

युद्धले अहिले युक्रेनमा धेरै क्षति गरेको छ। मानवीय क्षति, आर्थिक क्षति र ध्वस्त भएको स्वास्थ्य संरचना त त्यहाँका समस्या हुँदै हुन्। साथै एउटा प्रतिभाशाली पुस्ता नै पलायन हुने त होइन भन्ने चिन्ता पनि त्यत्तिकै छ। खेलकुदमै पनि युक्रेनले धेरै क्षति सहेको छ। युद्ध जारी रहेकै समयमा भएको वेल्ससँगको छनोट चरणको खेलमा पराजित भए पछि युक्रेनले सन् २०२२ को दोहा विश्वकपमा सहभागिताको अवसर पनि गुमाएको छ।

युरोपको छनोट चरणको आफ्नो समूहमा युक्रेनले राम्रो प्रदर्शन गरेको थियो। फ्रान्स भन्दापछि रहँदै युक्रेन समूहमा दोस्रो स्थानमा थियो। स्कटल्यान्डसँगको पहिलो प्ले अफ खेल २४ मार्चमा तय भएको थियो। युक्रेनको अनुरोधमा फिफाले त्यस खेललाई १ जुनका निम्ति सारेको थियो। १ जुनमा भएको सो खेलमा बलियो ठानिएको युक्रेनले स्कटल्यान्डलाई ३–१ ले हराएको हो।

५ जुनमा वेल्ससँग प्ले अफ फाइनल खेल खेल खेलेको युक्रेनले त्यो फड्को पार गर्न सकेन। कप्तान आन्द्रे यार्मोलेन्काले आत्मघाती गोल गरेपछि त्यो गोल नै युक्रेन बाहिरिनका लागि पर्याप्त बनेको थियो। त्यसो त रुसले पनि प्ले अफ खेल्ने तय भएको थियो। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई प्रतिबन्ध लगाएपछि पोल्यान्डले सिधै अर्को चरणमा प्रवेश पाएको थियो। अन्तिम चरणको छनोटमा स्विडेनलाई हराउँदै पोल्यान्ड विश्वकपका लागि छनोट भएको छ।

२१ सेप्टेम्बरमा स्कटल्यान्डमा गएर त्यहाँको घरेलु टोलीसँग खेल्ने युक्रेनले अर्मेनियासँग खेल्ने छ भने सेप्टेम्बरमै स्कटल्यान्डसँग अर्को खेल खेल्ने कार्यक्रम तय छ।

यसअघि सन् २०२१ को अक्टोबरमा फिनल्यान्डलाई हेलसिन्कीमै गएर २–१ ले हराए पछि युक्रेन समूहमा दोस्रो भएको थियो। तेस्रो भएको फिनल्यान्ड भने युक्रेन भन्दा एक अङ्कले मात्र पछि परेको थियो।

सेप्टेम्बरमा युक्रेनी फुटबल टोलीले ३ खेल खेल्ने कार्यक्रम छ। ती तीनै खेल यूईएफए नेसन्स लिगका हुन्। २१ सेप्टेम्बरमा स्कटल्यान्डमा गएर त्यहाँको घरेलु टोलीसँग खेल्ने युक्रेनले अर्मेनियासँग खेल्ने छ भने सेप्टेम्बरमै स्कटल्यान्डसँग अर्को खेल खेल्ने कार्यक्रम तय छ।

अन्तर्राष्ट्रिय स्तरका नाम चलेका खेलाडीले भिरपूर्ण युक्रेनले विश्वकप छनोटको तयारी गर्ने क्रममा स्लोभानियामा प्रशिक्षण गरेको थियो। प्रिमियर लिग क्लब वेस्टहमका आन्द्रे यार्मोलेन्को, म्यानचेस्टर सिटीका अलेक्जेन्डर जिचेन्को र एभरटनका भिटाली माइकोलेन्कोलाई युक्रेनले स्लोभानियामा बोलाएर क्याम्पमा राखेको थियो। सिरिए क्लबका आबद्ध रस्लाम मारिलोभ्नस्की र भिक्टर काभलेन्को दुवै इटालियन सिरिए क्लबमा आबद्ध छन्।

युद्धको बीचमै फुटबललाई गति दिने युक्रेनको निर्णय बहादुरी हो। यस युद्धपछि रुसलाई संसारले प्रतिबन्ध लगाएको छ भने युक्रेनले अन्तर्राष्ट्रिय खेल जगतमा आफ्नो उपस्थिति देखाइरहेको छ।

युक्रेन विरुद्धको विश्वकप छनोट खेलेका लागि प्रशिक्षणमा समावेश गरिएका २६ मध्ये १६ जना युक्रेनको घरेलु क्लबमै खेल्ने गरेका थिए। घरेलु लिग सुरु भए पनि नयाँ फुटबल सिजन उनीहरूका लागि सहज भने पक्कै हुने छैन। धेरै जना खेलाडीले ज्यान जोगाउनका लागि परिवारसहित देश छाडेका थिए। यसरी देश छाड्नेमा भेट्रान गोलरक्षक आन्द्रे पायटेभको परिवारसमेत छ। पायटेभ श्रीमतीलाई छाडेर आफू फुटबलमा व्यस्त हुन थालेका छन्। साख्तरका भिक्टर कोरियन्को सेनामा आबद्ध थिए। अन्य धरै फुटबल खेलाडी युद्धकै क्रममा सेनामा भर्ती भए।

युद्धको बीचमै फुटबललाई गति दिने युक्रेनको निर्णय बहादुरी हो। यस युद्धपछि रुसलाई संसारले प्रतिबन्ध लगाएको छ भने युक्रेनले अन्तर्राष्ट्रिय खेल जगतमा आफ्नो उपस्थिति देखाइरहेको छ। यस बीचमा घरेलु फुटबलले पनि गति पाउनुलाई बहादुरीकै संज्ञा दिन सकिन्छ। स्रोत : स्पोर्टिङ न्युज, सीएनएन

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ८ : १० बजे

प्रधानमन्त्री ओलीद्वारा ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’ मा श्रद्धाञ्जली व्यक्त

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको

राष्ट्रिय एकता प्रवर्द्धनमा खेल क्षेत्रको भूमिका महत्त्वपूर्ण : प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय

काठमाडौं – अर्थ मन्त्रालयले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयलाई

सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा

वीरगञ्ज – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण

स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेट, केके भए कुराकानी ?

काठमाडौं । इन्डोनेसियाको भ्रमणमा रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल